गोर्खाल्यान्डमा चामल लिन पाँच घन्टा पैदल

गोर्खाल्यान्डमा चामल लिन पाँच घन्टा पैदल

पशुपतिनगर : बंगाल सरकारले गोर्खाल्यान्डमा नाकाबन्दी लगाएपछि सीमावर्ती क्षेत्रका नागरिक पाँच घन्टासम्म हिँडेर चामल किन्न इलामको पशुपतिनगर, अन्तु, समाल्बुङसम्म आउन थालेका छन् ।एक महिनादेखि जारी आमहडताल र बंगाल सरकारले तराईबाट पहाडमा अन्न ल्याउन नदिएपछि दार्जिलिङसम्मका सर्वसाधारण नेपाल आएर चामललगायत अत्यावश्यक सामग्री लैजान बाध्य छन् ।

दैनिक पाँच घन्टासम्म हिँडेर भारतीय ग्राहक आउन थालेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका किसाना पसल सञ्चालक राजकुमार महेश्वरीले बताउनुभयो । गोर्खाल्यान्ड आन्दोलनपछि सीमापारि मिरिक, दार्जिलिङलगायत क्षेत्रका ग्राहक पशुपतिनगरमा आउने क्रम बढेको बढेको उहाँले बताउनुभयो । धेरै सामग्री भारत लैजान नदिने भएपछि २० किलोसम्म बोकेर फर्किने गरेको उहाँको भनाइ छ ।

बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि संकट सुरु भएको छ ।

ममता बेनर्जी नेतृत्वमा रहेको बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि मानवीय संकट सुरु भएको मोर्चाका सहसचिव विनय तामाङले बताउनुभयो । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले राष्ट्रिय राजमार्ग बन्द गर्ने बेनर्जी सरकारको कदमको कडा आलोचना गर्दै 'चामाल रोक्नेहरू सिक्किमका दुस्मन' भएको टिप्पणी गर्नुभयो ।

सिक्किमले गोर्खाल्यान्ड आन्दोलनको खुलेर समर्थन गरेपछि बंगाल सरकारले पहाडी क्षेत्रमा अघोषित नाकाबन्दी लगाएको छ । गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर एवं ग्रामीण क्षेत्रका विपन्न परिवार भाकभोकै पर्न थालेका हुन् ।

यसैबीच नाकाबन्दी, इन्टरनेट सेवा बन्द र सातजनाको मृत्यु हुने गरी हालै दार्जिलिङमा भएको घटनाको अध्ययन गर्न भारतको मानवअधिकार आयोगले बेग्लै टोली खटाउन लागेको आयोगका अधिकारकर्मी रेसिका क्षेत्रीले जानकारी दिनुभयो । नाकाबन्दीको कारण चामल, आटा, मैदा, साबुन, तेललगायत सामग्री भारत जाने गरेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका अध्यक्ष चन्द्र सुब्बाले बताउनुभयो ।

गोर्खाल्यान्ड आन्दोलन सुरु भएपछि पशुपतिनगरका फेन्सी पसल भने एक महिनादेखि बन्द छन् । सीमावर्ती भारतका ग्राहकले धानेको पशुपतिनगर बजार गोर्खाल्यान्डमा आमहड्ताल भएपछि पूरै सुनसान भएको उद्योग वाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईले जानकारी दिनुभयो । दैनिक २० लाख रुपैयाँ हाराहारीमा कारोबार हुने पशुपतिनगरका किरानाबाहेक पसल प्रायः बन्द हुन थालेको उहाँले बताउनुभयो । कारोबार बन्द भएपछि व्यापारी विस्थापित हुने सम्भावना बढेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.