'सरकार विस्तार नहुँदा काममा असर'

'सरकार विस्तार नहुँदा काममा असर'

काठमाडौं : नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले मन्त्रालयस्तरबाट हुनुपर्ने दैनिक कार्यसम्पादन प्रभावित भइरहेको बताउनुभएको छ।

सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच भागबन्डा नमिल्दा सरकार बनेको डेढ महिना बिते पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकिरहनुभएका बेला मुख्यसचिवको यस्तो प्रतिक्रिया आएको हो। ‘मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री आफैँले यतिबेला २३ वटा मन्त्रालय हेर्नुभएको छ। उहाँले पर्याप्त समय दिन सक्नुभएको छैन', मुख्यसचिव क्षत्रीले आइतबार अन्नपूर्णसँग भन्नुभयो।

मुख्यसचिव क्षत्रीले मन्त्रीस्तरीय निर्णयबाटै सुल्झिने विषय सिधै प्रधानमन्त्रीसम्म आउँदा निर्णय लिन ढिलाइ भइरहेको बताउनुभयो। ‘मन्त्रीस्तरबाट गरिने निर्णयका लागि फाइलहरूको मन्त्रालयमा चाङ लागेको छ', उहाँले भन्नुभयो। मुख्यसचिव क्षेत्रीले कर्मचारी प्रशासनको काम सरकार र राजनीतिक नेतृत्वसँग विवाद गर्नु नभई मिलेर जनताको हितमा काम गर्नु रहेको बताउनुभयो। ‘सरकारसँग द्वन्द्व गरेर कर्मचारीतन्त्रलाई फाइदा छैन। बरु जनताको हितका लागि मिलेर काम गर्नुपर्छ', उहाँले भन्नुभयो।

मुख्यसचिव क्षत्रीले आफ्नो पदावधि छोटो रहने भए पनि सक्दो प्रशासनिक र नीतिगत सुधार अघि बढाउने बताउनुभयो। प्रशासनमा राजनीति हाबी भएकाले उच्च राजनीतिक नेतृत्वले यसको निराकरणका लागि आवश्यक पहलकदमी लिनुपर्ने उहाँले बताउनुभयो।

राजनीतिले कर्मचारीतन्त्र चलाएको हो या कर्मचारीतन्त्रले राजनीतिलाई चलाएको भन्ने प्रश्नमा मुख्यसचिव क्षत्रीले भन्नुभयो, ‘दुवैले दुवैलाई चलाएको स्थिति छ। यसलाई हामीले परिवर्तन गर्नुपर्छ।'

क्षत्रीले विकास बजेट पर्याप्त खर्च हुन नसक्नुमा राज्यका संयन्त्रमा समस्या रहेको बताउँदै यो समस्या समाधानका लागि सरकारी निकायले आफैं सुधारका काम अघि बढाउनुपर्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.