भरतपुर विवादको सुनुवाई साउन ८ गते तोकियो
चितवनको भरतपुर महानगरपालिकाको मतगणना विवादको सुनुवाई साउन ८ गते हुने भएको छ । भरतपुरको इजलास न्यायाधीशद्वय ओमप्रसाद मिश्र र पुरुषोत्तम भण्डारीले हेर्दै आउनु भएकोमा न्यायाधीश भण्डारी उपचारको क्रममा बाहिर जानु परेको कारण भरतपुर मतगणना विवादको सुनुवाई साउन आठ गते सरेको हो।
यस्तै भरतपुर भरतपुर मतगणना विवादमा बहस गर्दै अधिक्ता टीकाराम भट्टराईले पुन मतगणनाको माग गर्नुभयो। उहाँले मतगणनामा कब्जा नभई च्यातिएकाले पुन: मतगणना गर्नु पर्ने बताउनुभयो।
निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।
सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।