नेपालको मनसुन अझै कमजोर

 नेपालको मनसुन अझै कमजोर

काठमाडौं: मध्य बर्खाको समय भए पनि न्यूनचापीय रेखा बंगालको खाडीबाट दक्षिणतर्फ सरेका कारण एक सातासम्म मनसुन कमजोर हुने पूर्वानुमान छ।

चार दिनयता देशभर फैलिएर वर्षा हुन सकेको छैन। यो अझै एक साता कायम रहने जलवायु तथा मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट शाखाले जनाएको छ।

शाखाका मौसमविद् वरुण पौडेलका अनुसार न्यून चापीय रेखा नेपालतर्फ आउन समय लाग्छ। त्यसैले पानी पर्न सक्दैन। यद्यपि, पूर्वीपहाडी भूभाग र पश्चिमी क्षेत्रमा साँझ र राति सामान्य वर्षा हुने अनुमान गरिएको छ।

सेप्टेम्बर अन्तिमदेखि अक्टोबर पहिलो सातासम्म मनसुन कायम रहने भए पनि बीच-बीचमा कमजोर हुने पौडेलले बताउनुभयो। 'यो मनसुनको चक्र नै हो', उहाँले भन्नुभयो, 'अघिल्लो वर्ष पनि यस्तै कायम रहेको थियो। साता दिनपछि मनसुन नेपाल भित्रिने भएकाले फेरि सक्रिय भई २४ घन्टा वर्षा हुन सक्ने सम्भावना छ।'

जेठदेखि भदौसम्म मनसुनको महिना मानिन्छ। यस वर्ष सबैभन्दा धेरै कास्कीको लुम्लेमा तीन सय आठ मिलिमिटर र पोखरामा एक सय ४६ मिलिमिटर पानी परेको छ। वर्षा रोकिएसँगै काठमाडौंको तापक्रम ३० डिग्री पुगेको छ। धनगढी, सिमरा, भैरहवा र नेपालगन्जको तापक्रम ३६ डिग्री पुगेको छ।

महाशाखाले क्षेत्रगत रूपमा दैनिक तीन घन्टाको फरकमा १६ स्थानबाट मौसम जाँच गरी रिपोर्ट दिँदै आएको छ । चार सय बढी स्थानबाट मासिक रूपमा मौसमको अवस्था संकलन हुने गरेको छ।

देशभर मनसुन सक्रिय हुन भने अझै केही दिन लाग्ने महाशाखाको पूर्वानुमान छ । यो वर्ष केही समयअघि नै मनसुन भित्रिने प्रक्षेपण गरिए पनि केही ढिलो भित्रिएको हो। गत वर्ष १ असारमा मनसुन भित्रिएको थियो।

यस वर्ष तीन दिनअघि नै मनसुन भित्रिएको हो। मनसुन अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ । प्रि–मनसुनमै राम्रो वर्षा भएकाले मनसुन अवधिमा वर्षा नियमित हुन नसकेको अनुमान महाशाखाको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.