रक्तचन्दन फिर्ता लैजान भारतको बेवास्ता

रक्तचन्दन फिर्ता लैजान भारतको बेवास्ता

काठमाडौं :  विभिन्न समय र स्थानमा बरामद गरिएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा चुनौती देखिएको छ। बरामद रक्तचन्दन जहाँबाट आएको हो त्यही मुलुकमा फिर्ता पठाउनुपर्ने हुन्छ। चार वर्षअघि भारतलाई रक्तचन्दन फिर्ता लैजान भने पनि नलगेको वन विभागले जनाएको छ।  

साइटिसको अनुसूची ‘ए’मा राखिएको लोपोन्मुख रक्तचन्दन अवैध रूपमा नेपाल भित्रिएपछि बरामद गरिएको थियो। ०७१ साल फागुन १२ गते मन्त्रिपरिषद्बाट निर्णय गरी २७ हजार एक सय ६६ किलो चन्दन भारतलाई फिर्ता लैजान भनिएको थियो। पटक-पटक ताकेता गर्दा पनि भारतले चन्दन फिर्ता नलगेको हो।

रक्तचन्दन भारतको आन्ध्र, महाराष्ट्र, कर्णाटक प्रदेशमा पाइने अनुसन्धानकर्ताको भनाइलाई आधार मान्दै सरकारले भारतलाई फिर्ता दिने गरेको छ । मुद्दा किनारा लागेको एक लाख ५३ हजार दुई सय ४१ किलो चन्दन फिर्ता दिने निर्णय गर्ने तयारी भए पनि अघिल्लोपटकको नलगेपछि स्थगन गरिएको छ। चन्दन विभाग परिसर र अन्य जिल्लामा वर्षौंदेखि राखिएकाले सुरक्षा र व्यवस्थापनमा समस्या भएको जनाइएको छ।

०६२ सालअघि रेडउडको नाममा भन्सार तिरेर रक्तचन्दन भित्रिने गरेकामा त्यसपछि मात्र बरामद हुन थालेको हो। ०७२ सालमा रसुवामा ठूलो परिमाणमा बरामद गरिएको थियो। अन्तर्राष्ट्रिय कानुन र महासन्धिमा पनि बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने भन्ने प्रावधान छ। त्यसलाई आधार मान्दै ०६५ साल माघ २ गते पहिलोपटक मन्त्रिपरिषद्ले ३६ हजार नौ सय २८ किलोग्राम फिर्ता दिने निर्णय गरेपछि भारतले लगेको थियो ।

नेपालमा श्वेत चन्दन मात्र पाइन्छ तर यसको माग छैन। अहिलेसम्म दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन बरामद भएको छ। १९ हजार तीन सय २४ किलो हराएको र १३ हजार सात सय ३० किलो मुद्दा प्रक्रियामै रहेको विभागले जनाएको छ। मुद्दा फैसला भएको एक लाख ६९ हजार दुई सय २३ किलो र सरकारले फिर्ता लैजान भनेको २७ हजार एक सय ६६ किलो भारत नलगेको विभागका प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार ५९ हजार नौ सय ४४ किलो बेवारिसे अवस्थामा फेला पारिएको थियो। चितवन, सर्लाही, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, सप्तरी, गोरखा र उपत्यकाका गरी २० जिल्लाबाट चन्दन बरामद भएको छ। चन्दनको प्रयोगबारे जानकारी नभए पनि यसको माग तिब्बतमा बढी भएको भन्दै पूर्वी नाकाबाट बढी चोरी-निकासी हुने गरेको प्रहरीको अनुमान छ। किमाथांका चन्दन भित्रिने मुख्य नाकाको रूपमा प्रहरीले हेरेको छ।

कानुनी रूपमा जहाँ राखिएको छ सोही स्थानबाट आफ्नै खर्चमा सम्बन्धित मुलुकले फिर्ता लैजानुपर्ने हुन्छ। हाल विभागमातहत दुई लाख १० हजार एक सय २० किलो चन्दन छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ ले भने फिर्ता लैजान निर्णय भएको ९० दिनभित्र फिर्ता लैजानुपर्ने, नलगे आन्तरिक रूपमा देशमै अन्य प्रक्रियाबाट व्यवस्थापन हुने व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.