डब्लूएफपीको खाद्यान्न कुहिएर नष्ट

डब्लूएफपीको खाद्यान्न कुहिएर नष्ट

गोरखा : कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत विश्वखाद्य कार्यक्रम (डब्लूएफपी) ले गोरखाको दुर्गम भेगमा पु¥याएको दाल र चामल अधिकांश कुहिएको छ। सिर्दिबास र उहियामा सोमबार वितरणको क्रममा अधिकांश अन्न कुहिएको भेटिएको बासिन्दाले बताएका छन्। 

‘आधाजसो कुहिएको रहेछ,' उहियाको खोर्ला गाउँका जित गुरुङले भन्नुभयो, ‘प्रत्येक घरलाई एक सय ५० केजी चामल र २७ केजी दाल दिने भनेर बाँड्न थालेकोमा जम्मा नौ किलोका दरले दाल र ७५ किलोका दरले चामल मात्र पुग्यो।' बाँकी अर्को चरणमा बाँड्ने आश्वासन पाएको उहाँले बताउनुभयो। सिर्दिबासको जगतमा पनि सोमबार वितरण गर्दा दाल र चामल कुहिएको भेटिएको हाे ।

चामलभन्दा दाल धेरै कुहिएको भेटिएको त्यहाँका वडा अध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो। ‘दालमा ढुसी लागेको, डल्लो परेको, कीरा लागेको भेटियो', उहाँले भन्नुभयो, ‘चामल पनि डल्लो परेको, ढुसी लागेको । चामलभन्दा पनि दाल धेरै कुहिएको रहेछ ।' खच्चडबाट ओसार्दैमा पानीले भिजेर दाल, चामल बिग्रिएको उहाँले बताउनुभय । ‘ओसार्दैमा २० वटा बोरा भिजेको थियो ।

गोदाम गरेको ठाउँमा पनि माटोको चिसो ओसले १५ बोराजति बिग्रिएछ', जितबहादुरले भन्नुभयो, ‘तर बिग्रिएको दाल, चामल बाँडेको छै । डब्लूएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर छानेर सद्दे मात्र बाँडेका छन्।' अपुग चामल र दाल दोस्रो चरणमा ल्याएर बाँड्ने उहाँको भनाइ छ । तर कहिले बाँड्छन् भन्ने खुलाइएको छैन।

उहियाको खोर्लामा करिब दुई सय घरलाई बाँडिसकिएको छ भने सिर्दिबासको ६९ घरलाई बाँडिएको छ। सिर्दिबासको करिब ६ सय घरलाई बाँड्नुपर्ने र उहियाको करिब चार सय घरलाई बाँड्नुपर्ने स्थानीयको भनाइ छ। उहियामा भने अहिलेसम्म नबाँडिएको स्थानीय छलमाया गुरुङको भनाइ छ।
डब्लूएफपीले भूकम्पपीडितलाई पुनर्लाभ कार्यक्रमअन्तर्गत उहिया र सिर्दिबासमा कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरेको थियो ।

गोरेटो गोरखासँगको स्थानीय साझेदारीमा बाटो निर्माण गरिएको हो। ४० दिन काम गरेबापत प्रतिव्यक्ति एक सय ५० किलो चामल र २७ किलो दाल दिने सम्झौता थियो। गत जेठको दोस्रो हप्तामा काम सम्पन्न भए पनि डेढ महिनासम्म पनि खाद्यान्न वितरण नभएको स्थानीयवासीको गुनासो थियो।
लामो समय नबाँडेका कारण चामल र दाल कुहिएको हो। कामदारको नामको चामल र दाल कुहिएपछि श्रमबराबरको दाल चामल फेरि कहिले पाउने भन्ने अनिश्चित छ। 

बर्खा याममा बूढीगण्डकीको बाढी, पहिरोका कारण उक्त क्षेत्रमा आवतजावत अबरुद्ध हुनेगर्छ। दाल र चामलले दुई महिना बर्खालाई पुग्ने आशाले स्थानीयवासीले बिगतमा झै बर्खे खर्चको जोहो गरेका थिएनन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.