नेपालको दोस्रो जित, मलेसियाविरुद्ध सन्दिपको चमत्कार

नेपालको दोस्रो जित, मलेसियाविरुद्ध सन्दिपको चमत्कार

काठमाडौं : अण्डर–१९ विश्वकप क्रिकेट छनौट अन्तर्गतको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरको छ । सोमबार सिंगापुरलाई ४ विकेटले हराएर जितको सुरुवात गरेको नेपालले मलेसियालाई ५ विकेटले पराजित गरी दोस्रो जित दर्ता गर्न सफल भएको हो । 

नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्ता दिएको थियो । पहिले ब्क्याटिङ गरेको मलेसियाले २५.५ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सक्यो । मलेसियालाई सस्तैमा अलआउट गर्ने क्रममा कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । त्यसैगरी पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले १–१ विकेट लिन सफल भए । मलेसियाको कुनै पनि व्याट्म्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन् । मलेसियाका लागि विरनदीप सिंह र हैकल खैरले  बनाएको ९/९ रनै उनीहरुको सर्वाधिक रन रह्यो ।

५९ रनको झिनु लक्ष पछ्याएको नोपलको ब्याटिङ भने खासै राम्रो देखिएन । ९.५ बलमा लक्ष्य प्राप्त गरी जित हासिल गर्दा नेपाली टोलीले ५ विकेट गुमाउन पुग्यो ।

नोपलका लागि आरिफ सेखले सर्वाधिक २३ रन बनाए २० बलको समाना गरको आरिफले ५ चौक प्रहार गरेका थिए । प्रनित थापा मगरले १२ बलमा १८ बनाए अन्य ब्याट्स् म्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.