उर्जा क्षेत्रमा लगानी बढाउन नर्वेसंग परराष्ट्रमन्त्री महराको आग्रह

उर्जा क्षेत्रमा लगानी बढाउन नर्वेसंग परराष्ट्रमन्त्री महराको आग्रह

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालको उर्जा क्षेत्रमा लगानी बढाउन नर्वेसंग आग्रह गर्नुभएको छ। मंगलवार विहान नेपालका लागि नर्वेजियन राजदूत जिल टोर्मोड पेटरसनसंग भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले लगानीका लागि आग्रह गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘संक्रमणकालको अन्त्यसँगै नेपालका लगानीको उपयुक्त वातावरण बन्दै गएको छ, उर्जा क्षेत्रमा निकै सम्भावना रहेकाले यसमा लगानी थप विस्तार गर्नुहोस् ।'

उपप्रधानमन्त्री महराले नेपाल–नर्वेबीच रही आएको सम्बन्ध आगामी दिनमा थप घनिष्ठ बन्दै जाने विश्वास व्यक्त गर्दै नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका समयमा नर्वेले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहको निर्वाचन एक प्रदेशमात्र बाँकी रहेको र अन्य बाँकी दुई चरणको निर्वाचन सकिएपछि नेपाल आर्थिक विकासमा केन्द्रित हुने उल्लेख गर्नुभयो।

सो अवसरमा नेर्वेका राजदूत पेटरसनले आफ्नो चार वर्षे कार्यकाल सकी फर्कन लागेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरसम्म प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। आफूहरुले ऊर्जा क्षेत्रको लगानीलाई थप विस्तार गर्न चाहेको भन्दै उहाँले नर्वेले गर्दै आएको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.