सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे

सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे

जनकपुरधाम : अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन्।

सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर्ता संचालनमा रहेको विद्यालयलाई किन कार्वाहीको लागि पत्र काटेको भन्दै गालीगलौज गर्दै कार्याकक्षमै सोमबार झापड र चप्पलले हानेका हुन्।

कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन्।

बिना दर्ता नै अवैद्य रुपमा सञ्चालनमा रहेका निजी विद्यालयलाई नियन्त्रण गर्न यादवको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरी असार २५ गतेदेखि जनकपुर नगरक्षेत्रका विभिन्न विद्यालयमा अनुगमन गरिएको हो। जस अन्तर्गत आइतबार सम्ममा ३३ वटा निजी विद्यालयमा अनुगमन गरी बिना दर्ता र बिना कुनै पूर्वाधार सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन समेत दिइएको हो। तर, यस्ता विद्यालयसंग रकम उठाई जिल्ला शिक्षा कार्यालयकै कर्मचारीले फर्जी संचालन पत्रहरु दिएको जानकारी समेत प्राप्त भएपछि अनुगमन टोलीका संयोजक यादवले अवैद्य विद्यालय संचालनमा जिशिकाका कर्मचारीको मिलोमतो रहेको आशयको प्रतिवेदन तयार गर्ने थाहा पाएपछि कार्यालयका नासु राय आक्रोशित भएका हुन्।

नासु रायले ५० हजार रुपैयाँ लिएर बसहियामा संचालित बिना कुनै भौतिक पूर्वाधार र बिना दर्ता संचालनमा रहेको शिवशंकर बोर्डिङ स्कुलको कागजात कानुन संगत रहेको र यसलाई किन बन्द गर्न निर्देशन दिएको भन्दै गालिगलौज गरी कुटपिट गरेका प्रत्यक्षदर्शीले बताएका छन्।
यता, यादवलाई कुटपिट गरेका नासु रायमाथि कार्वाही प्रक्रिया अघि बढाउनुको साटो जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले दुवै पक्षलाई मिलेर जान भन्दै घटनालाई ढाकछोप गर्ने प्रयास गरेका छन्।

मंगलबार जिशिकामा बसेको कर्मचारीहरुको बैठकमा जिशिअ महतोले आफूलाई नै दोषि ठहराउंदै कुटपिट गर्ने कर्मचारी रायलाई नै बचावट गरेको यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नासु रायको माध्यमले नै अवैद्य विद्यालयबाट जिशिअ महतोले अवैद्य असुली गरिरहेको हुनाले उल्टै कार्वाहीको साटो सहयोगको भाव देखाएका छन्।’

आफू चार वर्षदेखी जिशिअ धनुषामा कार्यरत रहेको र सो क्रममा यो कार्यालय भ्रष्टाचारी कर्मचारीको अखडा रहेको सम्पूर्ण प्रमाण देखेर पनि कतैबाट सहयोग नपाउँदा निरिह बनेर बसी राखेको यादवले दुखेसो पोख्नु भयो। जिशिकामा प्रत्येक कामकारवाहीको अवैद्य दररेट निर्धारण गरिएको बताउंदै यादवले भन्नुभयो, ‘यहाँ शिक्षकको जिलान्तर सरुवाको दर अढाई देखि ३ लाखसम्म रहेको छ, बालविकासको सवा लाख दर रहेको र निजी विद्यालयलाई बिना कुनै आधार अनुमति दिन ५० हजारमा मोलमोलाई हुने गरेको यादवले सुनाए। कर्मचारी र जिशिअको मिलोमतोमा भ्रष्टाचार बढ्दै गएपनि यसलाई रोक्न खोज्ने वा अवरोध गर्नेलाई ठूलो असुरक्षा रहेको उहाँको भनाइ छ।

जिल्लामै सबैभन्दा बढी भ्रष्टाचारी हुने कार्यालयको रुपमा जिशिका रहेको र यसका थुप्रै उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परे पनि हालसम्म कुनै ठोस कारबाही हुन नसक्नुले भ्रष्ट कर्मचारीको मनोबल अझ बढेको कार्यालयका अन्य कर्मचारीहरुले बताए।

यता, जिशिअ महेन्द्र महतोले यसप्रकार कर्मचारीकै बीचमा हातपात हुनु दुखद भए पनि यो उहाँहरुको निजी विवादको उपज रहेको बताउनुभएको छ। यो कार्यालयको भित्रको कुरा भएको हुनाले आफूले यसलाई यही मिलाउने र दोषी कर्मचारीलाई शिक्षा ऐनमा उल्लेख भएअनुसारको कार्वाही प्रक्रिया अघि बढाउने महतोको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.