कारागार इन्चार्जले नै बन्दी महिलामाथि दुर्व्यवहार गर्दै बन्दीको रासन भाग खोसेपछि..

कारागार इन्चार्जले नै बन्दी महिलामाथि दुर्व्यवहार गर्दै बन्दीको रासन भाग खोसेपछि..

राजविराज : सप्तरी कारागारका कैदी बन्दीले मंगलबार नाबारबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्। कारागारको सुरक्षार्थ खटिएका इन्चार्ज प्रहरी नायव निरीक्षक नागेश्वरप्रसाद यादवले बन्दीसँग रकम असुल गरेको विरोधमा बन्दीले प्रदर्शन गरेका हुन्।

कारागारका चौकिदार जितेन्द्रप्रसाद यादवले अतिरिक्त सुविधाको लोभ देखाएर इन्चार्ज यादवले पेट्रोल खर्च माग्ने, राशनबाट भाग माग्ने र बन्दी भेट्न आउने महिलासँग समेत दुव्र्यवहार गर्ने गरेकाले आन्दोलनमा उत्रिएको बताउनुभयो।

भोजपुर सरुवा भइसकेका प्रनानी यादव एक महिना अघि मात्र कारगारको सुरक्षार्थ खटिनु भएको हो। सिरहा जिल्लामा कार्यरत रहदा पनि प्रनानी यादवमाथि कारबाही भएर घटुवा भएको प्रहरीले नै जानकारी दिएका छन्।

प्रनानी यादवले भने समयतालिका बमोजिम भेटघाट गर्न र चेकजाँचमा कडाई गरेपछि कैदीबन्दीले झुटो आरोप लगाएको बताउनु भएको छ।

कैदीबन्दीको माग बमोजिम प्रनानी यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय ल्याइको छ। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने जानकारी दिनुभयो।

प्रत्येक बन्दीले दैनिक पाउने ४५ रुपैयाँ र सात सय ग्राम चामलबाट इन्चार्ज यादवले भाग खोजेपछि बन्दी आन्दोलित भएको जेलर कृष्ण दाहालको भनाइ छ।

एक सय २५ जनाको क्षमता भएको घ श्रेणीको जिल्ला कारागारमा हाल कैद तोकिएका एक सय ५७ कैदी र नतोकिएका एक सय १२ बन्दी गरी दुई सय ६९ थुनामा छन्। जसमध्ये १५ महिला र एक आश्रित बालिका छिन्। २०१० सालमा बनेको कारागारको पुरुष बन्दी बस्ने दुई भवन जिर्ण छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.