२५ हजार घुससहित कम्प्युटर अपरेट अख्तियारको फन्दामा
बर्दिबास : नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बरथवा सर्लाहीका कम्प्युटर अपरेटरलाई २५ हजार घुस लिएको आरोपमा बर्दिबासको अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको छ। थ्री फेज लाइन जडानको लागी सेवाग्रीबाट घुस लिँदै गर्दा कम्प्युटर अपरेटर धर्वेन्द्र यादवलाई महोत्तरीको बर्दिबासबाट गएको अख्यिार टोलले पक्राउ गरेको हो।
अख्यिार दुरुपयोग अनुसन्धान आयोग मध्याञ्चल सम्पर्क कार्यालय बर्दिबासका डीएपी ठाकुर पोखरेलका अनुसार, करारमा काम गरिरहेका यादवले सेवाग्राहीसँग घुस लिँदैं गर्दा कार्यालयबाट पक्राउ परेका छन्।
असार २९ गते जिल्ला समन्वय समिति सर्लाहीकी कार्यक्रम अधिकृत नगिना रायलाई बर्दिबासको अख्तियार टोलीले ४० हजार घुससहित रंगेहात पक्राउ गरेका थियो। रायलाई पक्राउ गरेको ६ दिन नबित्दै फेरि सर्लाहीबाट मंगलबार विद्युत कार्यालय बरथवाका कम्प्युटर अपरेटरलाई २५ हजार घुस लिएको आरोपमा रंगे हात पक्राउ गरेको हो।