कांग्रेस र माओवादीबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

कांग्रेस र माओवादीबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

बैठकमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको छ। बैठकले थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ। बुधबार पुनः नेताको बैठक बसेर मन्त्रिपरिषद्का सदस्यको टुंगो लगाउने निर्णय भएको माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, बिमलेन्द्र निधि र रमेश लेखकलगायत सहभागी हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.