२२ सय सडकको मोडालिटी अन्योलमा

२२ सय सडकको मोडालिटी अन्योलमा

काठमाडौं : सरकारले चालू आर्थिक वर्षबाट स्थानीय तहलाई अधिकार सम्पन्न गरी स्थानीय तहमै बजेट र योजना बनाउने जिम्मा दिएको छ । संघीयता कार्यान्वयनसँगै चालू आर्थिक वर्षको बजेटबाट २२ सय ५७ स्थानीय सडकलाई रकम छुट्टाइएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले सरकारले सम्बन्धित स्थानीय तहबाटै सञ्चालन गर्ने भन्दै सडकको बजेट कटौती गरेको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयअन्तर्गतका विभिन्न ३४ वटा डिभिजन सडक कार्यालयले सञ्चालन गर्ने यी सडकको निर्माण मोडालिटी भने अझै टुंगो लागेको छैन ।

आर्थिक वर्ष २०७३/७४ मा यी सडकलाई सरकारले दुई अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । स्थानीय सडक बनाउन गत वर्ष दिएको यस्तो बजेट प्रतिसडक १० लाख रुपैयाँका दरले औसतमा राखिएको थियो । यी सडकलाई न्यूनतम चार लाखदेखि १२ लाखसम्मको बजेट थियो । स्थानीय तहमा जाने भएपछि यो वर्ष भने यी सबै सडकको बजेट शून्य छ ।

स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय भए पनि २२ सय सडक कसरी र कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो नलागेको प्रवक्ता शर्माले अन्नपूर्णलाई बताउनुभयो । एक साताभित्रै यी सडकको निर्माण तथा हस्तान्तरण मोडालिटी तय गर्ने उहाँको भनाइ छ ।

एउटा डिभिजनले तीन सयवटासम्म सडक सञ्चालन गर्ने गरेको थियो । योजना धेरै र जनशक्ति कम भएकाले सञ्चालन प्रभावकारी हुन सकेको थिएन । १० करोड रुपैयाँ लाग्ने सडक निर्माणका लागि सरकारले वर्षमा १० लाख रुपैयाँ मात्रै निकासा गर्ने गरेकाले पनि समस्या देखिएको हो ।

हरेक आवमा निकासा भएको बजेट सकिने र थप काम गर्न रकम अभाव हुने, योजना पूरा भए पनि रकम दाबी गर्न आग्रह गर्ने गरेकाले वर्षौंसम्म स्थानीय सडक निर्माण हुन नसकेको बुझाइ शर्माको छ ।

यी सबै सडकमा आवश्यक बजेट विनियोजन गरेको भए चालू आवमा कम्तीमा पाँच देखि ६ अर्ब रुपैयाँ आवश्यक पथ्र्यो । स्थानीय तहमा गएपछि सबै सडकको बजेट निकासा सम्बन्धित स्थानीय तहबाटै गर्नुपर्ने छ ।

स्थानीयस्तरको पूर्वाधार तथा विकास निर्माणको काम स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले गर्ने भए पनि सोझै मन्त्रालय आएका सडक योजना २२ सय थिए । विभिन्न सडक डिभिजनबाट सञ्चालन गर्ने यी योजना राजनीतिक दबाबमा केन्द्रबाट सञ्चालन भएका थिए । सञ्चालन भइरहेका विकास निर्माणका काम अगाडि बढाउनुपर्ने भएकाले पनि संघीयता कार्यान्यनसँगै यी सबै सडक योजना सम्बन्धित क्षेत्रकै स्थानीय तहमा पुगेको हो ।

चालू आवको बजेटमा डोलिडारमार्फत सञ्चालन भएका अधिकांश सडक तथा पूर्वाधार निर्माणको जिम्मा स्थानीय तहमा जान्छ । डोलिडारका अनुसार चालू आवको बजेटले यही साउन १ देखि नै विदेशी सहयोगबाहेकका सबै कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरेको हो । दातृ निकायको सहयोगमा सञ्चालन भएका र दुई वा सोभन्दा बढी तहमा सञ्चालन हुने कार्यक्रम भने डोलिडारमै छन् । स्थानीय तहलाई नै अधिकार दिएकाले केन्द्रबाट सञ्चालन भएका क्षेत्रीय, पर्यटकीय महत्वव, सहरी क्षेत्रका मर्मत एवं सुधारका सडक सबै स्थानीय तहलाई नै हस्तान्तरण गरिएको हो ।

भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले चालू आवदेखि राष्ट्रिय महत्ववका र ठूला रणनीतिक सडक मात्रै निर्माण गर्नेछ ।

हाल डोलिडारले सञ्चालन गरिरहेका विभिन्न १८ वटा शीर्षकका पूर्वाधार विकास कार्यक्रम, फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्र, ग्रामीण खानेपानी तथा सरसफाइका योजना स्थानीय तहमै गएका हुन् । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम, स्थानीय सडक सुधारका कार्यक्रम डोलिडारबाट सम्बन्धित क्षेत्रमै पुगेको छ । जिल्ला समन्वय समिति, महानरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिमार्फत डोलिडारको कार्यक्रम सञ्चालन हुनेछन् । डोलिडारले बर्सेनि स्थानीय पूर्वाधारमा करिब २८ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै आएको थियो ।

भौतिक मन्त्रालयका अनुसार ५० प्रतिशतभन्दा बढी काम भएको योजनालाई पूरा गरेर हस्तान्तर गर्ने, ठेक्का लागेका र निरन्तर काम भइरहेका योजनालाई सोही अनुसार हस्तान्तरण गर्नु उपयुक्त हुने बताइएको छ । सोही मोडालिटी अपनाएर ठेक्का लागेका, काम पूरा भएका र आंशिक खण्ड जस्तो छ सोही अवस्थामा सडक हस्तान्तरण गर्नुपर्ने सर्त मन्त्रालयले अगाडि सारेको छ । भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले चालू आबदेखि राष्ट्रिय महत्ववका र ठूला रणनीतिक सडक मात्रै निर्माण गर्नेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.