न्यायिक नेतृत्व

 न्यायिक नेतृत्व

सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ, स्वाभाविक प्रक्रिया र परिस्थितिमा । तर सर्वोच्चको विश्वसनीयता, निष्पक्षता र सम्मान अभूतपूर्व रूपमा धरापमा परेको अवस्था पनि हो यो । प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले सर्वोच्चमा विचाराधीन २० हजारभन्दा बढी मुद्दाहरूको संख्या कम गर्ने, न्यायमा सहज पहुँच सुनिश्चित गराउने र न्यायिक प्रक्रियाबाट दलाली समाप्त गर्ने घोषणाका साथ कार्यभार सम्हालिन् । तर पनि उहाँको कार्यकालको अन्त्यतर्फ ती विकृति चुलिए ।

अवकाशको मुखमा कार्कीले त्यो विकृतिको लागि आफूबाहेक सबैलाई दोष दिनुभयो, बार, एटर्नी जनरल तथा अन्य न्यायाधीशहरूप्रति लक्षित गर्दै । कार्कीको अवकाशताका सर्वोच्चमा मुद्दाहरूको संख्या झन्डै २४ हजार पुगेको छ ।

सबै हिसाबले कार्कीको नेतृत्व अवधि विवादास्पद र बढी प्रतिशोधात्मक रह्यो । 'लोकप्रिय' न्यायका नाममा प्रक्रिया र मान्यतालाई तिलाञ्जली दिएर नेतृत्वले आफूलाई अहिलेसम्मकै फरक नयाँ 'निर्भीक' न्यायमूर्तिका रूपमा प्रस्तुत गर्ने कोसिस गर्‍यो, चाहे लोकमानसिंह कार्की मामिलामा होस् या प्रेरणा सिंह 'पेवा' पुनरावलोकनको नाममा भएको 'समरी ट्रायल' होस् । प्रमाण निर्दिष्ट न्याय कति भए, भावी न्यायिक प्रक्रियामा मार्गनिर्देशन गर्ने कति नजिरहरू पूर्व प्रधानन्यायाधीशले प्रस्तुत गर्नुभयो, त्यो सबैले बुझेको विषय हो ।

यस्तो परिस्थितिमा सर्वोच्चले नयाँ नेतृत्व पाएको छ, गोपालप्रसाद पराजुलीको रूपमा । 'हिरोइज्म' को प्रदर्शनबाट हैन, न्यायिकतालाई आधार बनाएर न्याय सम्पादन गर्ने घोषणा गर्नुभएको छ उहाँले । तर दुर्भाग्य, सर्वोच्चसमेत राजनीतिक नेतृत्वजसरी नै अविश्वसनीय बन्न पुगेको र दल र दाताहरूका 'मनोनीतहरू' को भर्ती केन्द्र बनेको अवस्थामा चुनौतीहरू थपिएका छन् । सर्वोच्च र न्यायलाई दलीय र दातृ पूर्वाग्रहबाट मुक्त गर्नु पहिलो चुनौती हुनेछ।

दोस्रो- न्यायिक विचलनका नाममा नियोजित तरिकाले भएका पुनरावलोकनपछाडिको चलखेल र नियतमाथि स्पष्ट छानबिन गरी जनतासमक्ष सूचना दिनु जरुरी छ । तेस्रो- सार्वजनिक हितका मुद्दाका नाममा हुने चलखेल र 'सेटिङ' लाई हतोत्साहित गरी ती मामिलामा समेत निष्पक्ष र पारदर्शी न्याय प्रतिपादित गरिनु आवश्यक छ ।
प्रधानन्यायाधीशको निष्पक्षता, विवेक, चरित्र र साहसले संस्थालाई विश्वसनीयता र जीवन्तता दिन सक्छ र ती सद्गुणहरूको अभावमा सर्वोच्च धराशायी पनि हुन सक्छ । यस्तो चुनौतीपूर्ण अवसरमा पराजुलीले कार्यभार सम्हाल्नुभएको छ र परिस्थितिको सही तथा वस्तुनिष्ठ लेखाजोखाका साथ तत्काल अगाडि बढ्नु नै उहाँको विवेकसम्मत यात्राको पहिलो उचित कदम हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.