बाढीपीडितलाई अनेरास्ववियुको राहत
काठमाडौं : अनेरास्ववियु केन्द्रीय कमिटीको टोली रामेछापको खिम्ती पुगेर बाढीपीडितलाई राहत वितरण गरेको छ। अनेरास्ववियु केन्द्रीय टोलीले रामेछाप जिल्ला नेतृत्वको सहभागितामा मंगलबार खिम्चीका बाढीपीडितलाई राहत वितरण गरेको हो ।
चामल, चिउरा, चाउचाउ, बिस्कुट, कपडा, टेण्टलगायत विभिन्न सामाग्री वितरण गरिएको अनेरास्ववियु सचिवालय प्रमुख माधव पन्तले जानकारी दिनुभयो । ‘दुःखमा साथ दिने जनताको साथी अनेरास्ववियु भएकाले रामेछापको खिम्तीका बाढीपीडितलाई राहत वितरण गरेका हौं' उहाँले भन्नुभयो ।
रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका थिए ।
अविरल वर्षाका कारण आएको बाढी र यसै साथ आएको पहिरोले बगाउँदा लिखु गाउँपालिकाको वडा नं ६ मा रहेका चार वटा घर बगाएको थियो।बाढीपहिरोका कारण सडकमा समेत ढुंगा आएका कारण सडकमा अवरोध भएको छ ।
सम्बन्धित समाचार पनि पढ्नुहोस्
बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार वेपत्ता, पक्की पुल बगायो
मध्यरातमा बाढीले खुसी खोस्यो