गर्भवती भएकी ११ बर्षीया बालिका गाउँ निकाला

गर्भवती भएकी ११ बर्षीया बालिका गाउँ निकाला

भोजपुर : यौन शोषणको शिकार भएर गर्भवती हुन पुगेकी एक बालिकाले सहानुभूति र न्याय पाउनुको सट्टा उल्टै गाउँलेको दवावमा गाउँ छोड्न बाध्य भएकी छिन् । भोजपुरको अरुण गाउँपालिका–५, याकुकी ११ वर्षीया बालिका साधना श्रेष्ठलाई अवैध सम्बन्ध राखी गर्भवती भएर समाजमा कालो दाग लगाउने र कुरीती भित्र्याउने हर्कत गरको भन्दै गाउँलेहरुले गाउँ छोड्न बाध्य बनाएका हुन् ।

साधनाकै छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि साधना गर्भवती भएकी थिइन् । बालिकासँग गत पुस ९ गते दुर्गाबहादुरले शारीरिक सम्बन्ध राखेका थिए । श्रेष्ठ स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । अहिले बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । गाउँलेको दवावमा साधनालाई गाउँ निकाला गरिएको बालिकाको बुवा खगेन्द्र श्रेष्ठले बताउनुभयो । गाउँलेहरुले गाउँबाट ननिकाले परिवारलाई नै सामाजिक बहिष्कार गर्ने डर देखाएपछि गाउँबाट निकाल्न बाध्य भएको उहाँले बताउनुभयो । बालिका हाल धरानमा वेवारिसे अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

पहिलोपटक महिनावारी भएकी छोरीको महिनौसम्म महिनाबारी रोकियो । केही समयपछि दोहोरिएला भन्ने ठानिन् साधनाकी आमाले । पहिलो महिनावारी भएको छ महिना बित्नै लाग्दा, असार पहिलोसाता आमाछोरी संगै सुतेका थिए । छोरीलाई ओड्ने ओडाउने क्रममा आमाको हात छोरीको पेट छुन पुग्यो । पेट कडा भएको अनुभव भएपछि आमाले छोरीलाई सोधिन् । छोरीले कसैलाई नसुनाउने शर्तमा दुर्गाबहादुरसँग राखेको सम्बन्धबारे आमालाई सुनाइन् । भोलीपल्ट नजिकैको स्वास्थ्यसंस्थामा गएर जाँच गर्दा पो थाहा भयो उनी गर्भवती भएकी रहिछन् । ६ महिना भैसकेकाले गर्भपतन गर्न नमिल्ने भयो । बालखा छोरीको पेटमा ६ महिनाको गर्भ बसेको सुन्दा आमा छाँगाबाट खसेजस्तै भइन् ।

गाउँमा साधना र दुर्गाबहादुरका परिवारसहितको भेला बस्यो । गाउँलेको भेलाले केटाले केटीलाई बिहे गर्नुपर्ने निर्णय गर्‍यो । दुर्गाबहादुरले जबरजस्ती करणी गरेको स्वीकार गरेपनि साधनाका बुबा नेवार र आमा दलित भएकाले दुर्गाबहादर र उनका परिवारले उनलाई नभित्र्याउने अडान लियो साथै उनीहरुले केटीलाई गाउँमा नबस्न धम्की समेत दियो । यसमा केटीको पक्षमा रहेर न त महिला तथा बालअधिकारकर्मीले बोल्न सके न त प्रहरीले नै कानुनी दायरामा ल्याउन सके ।

अन्तत सबैको घृणा परिवारको दवावका कारण साधना असार १६ गते गाउँ छोड्न बाध्य भइन् । ‘गाउँलेको डर धम्कीकै कारण छोरीलाई घरमा राख्न सकेनौ,’ उनका बुवाले भन्नुभयो । गाउँ भएकी उनलाई दुर्गाबहादुरले नै धरान पुर्‍याएका थिए । दुई दिनसम्मसँगै बसेको भएपनि कुनै बोलचाल नभएको पीडि बालिकाले बताएकी छिन् । धरान गएको तेस्रो दिन बिहानै हिडेको दुगाएबहादुर फर्किएर नआएपछि बालिका बिचल्लीमा परेकी छिन् । दुर्गाबहादुर नआएपछि बाहिर निस्किएकी साधनालाई एक महिला भेटिन् तिनै महिलाले

काम बिशेषले धरान गएका साधनाका मामा, माइजूसँग सम्पर्क गराएपछि केही साहारा त जुट्यो । तर गाउँ फर्कने अवस्था भने थिएन । मामा, माइजू महिला तथा बालबालिका कार्यालय भोजपुरको सम्पर्कमा आए । अधिकृत पुष्पलता उप्रेतीले बालिकालाई लिएर आउन आग्रह गरेपछि न्याय खोज्दै मंगलबार भाञ्जी लिएर सदरमुकाम आइपुगेका छन् । उनका मामा माइजुको पनि अन्तरजातीय विवाह हो । ‘आमा दलित भएकै कारण हाम्री भाञ्जी बिचल्लीमा परेकी छन्, केटा पक्षले मात्रै होइन समाजले नै गाउँ निकाला गरिदियो, अन्यायमा परेका हामीलाई न्याय दिलाइनुपर्‍यो,’ केटा पक्षलाई कानुनी कठघरामा ल्याउन पर्ने मामाले भन्नुभयो । पीडिततलाई न्याय र पीडकलाई सजाय हुनुपर्ने माग साधनाका परिवारले गरेका छन् ।

स्थानीय पञ्चकन्या आधारभुत विद्यालयमा पढ्दै गरेकी गर्भवती बालिका मानसिक तनाबले विक्षिप्त भएकी छिन् । उनी उक्क्त केटाले स्वीकारे पनि उसँग बस्ने पक्षमा छैनन् । पढाईलाई निरन्तरता दिने उनको एउटै लक्ष्य रहेको सुनाइन् । सँगै चुनौती पनि छ । उनी आमा बन्न लागेकी छिन् ।

यता केटापक्षले पीडित बालिकालाई गाउँमा नल्याउन निरन्तर धम्की दिइरहेका छन् । उनलाई गाउँमा बस्ने वातावरण छैन । उनका बुवाआमा डर धम्की सहेर बस्न बाध्य छन् । ‘बालिकालाई सकुशल सदरमुकामसम्म झिकाउन सफल भएका छौ, उनलाई गाउँमा बस्ने वातावरण न भैसकेपछि र उनको पढाई पुरा गर्ने चाहाना पुरा गर्न सहयोगी संस्थासंग प्रयास गरिरहेका छौं,’ महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रतीले भन्नुभयो, ‘केटाले केटीलाई बलात्कार गरेको प्रमाण प्रष्टै छ, पीडकलाई कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको उप्रेतीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी काजीकुमार आचार्यले उक्त उजुरी दर्ता भइसकेको जानकारी दिनुभएको छ । आचार्यले उजुरीमाथि अनुसन्धान गरेर चाडै पीडकलाई कारवाहीर पीडितलाई न्याय दिने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.