चट्याङ लागेर आमाछोरीको मृत्यु
विराटनगर : मोरङको लेटाङ नगरपालिका- २ मा बुधबार बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।घर नजिकै खेतमा आली लगाउँदै गरेको अवस्थामा साढे ८ बजे चट्याङ लागेर ४७ वर्षीय चन्द्र तामाङ र १९ वर्षीय छोर सुष्मा तामाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो ।
चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान पौने १० बजे उनीहरुको मृत्यु भएको थापाले जानकारी दिनु भयो ।