डुंगा नहुँदा जोखिम मोलेर नदी तर्न बाध्य
रौतहटः रौतहटको माधवनारायण गाउँपालिकाको राजवडाघाटमा डुगा नहुँदा स्थानियवासी जोखिमपुर्ण यात्रा गर्न बाध्य छन्।रौतहटको माधवनारायण गाउँपालिकोको राजवडा घाटमा तीन बर्ष अघि दुईवटा डुगा भएपनि एउटा पल्टीएर बिग्रिएको र अर्को डुगाको काठ कुहिएर जीर्ण भएपछि स्थानियबासी नदीमा जोखिम मोलेर वारपार गरीहेका छन्।
डुगा नहुदा उनीहरु बाढी आएको बेलामा पनि नदीबाटै ज्यान जोखिममा राखेर ओहरदोहोर गर्न बाध्य छन्।डुगा नभएकाले माधवनारायण गाउपालिकाको पिप्राराजवडा गाउका बासिन्दा थप जोखिममा छन । सो गाउका अधिकाश बासिन्दाको खेतबारी तथा गोठ बागमती नदीपारी रहेकाले दिनहु नदी पारी जाने गर्दछन।
डुगा नहुँदा धेरै दुःख भएको बाढी आएको बेलाबेलामा बगाउने गरेको स्थानि महिला रामसखी देवीको भनाइ छ।तीन बर्ष अघि सो घाटमा डुगा धेरै पुरानो भएकाले डुगा पल्टाउदा तीन जनाको ज्यान गएको र त्यस पछि नया डुगा नहुदा स्थानिबासी पिडित बन्दै आएको पिप्रा राजवडाका स्थानियबासी नागेन्द्र पासवानको बताउनुभयो।
पल्टिएको डुगा प्रयोगमा ल्याउन नमिलेको र अर्को डुगा समेत जीर्ण हुदा गत बर्ष देखि बाढीको समयमा नदी तर्न समस्या हुँदै आएको स्थानियको गुनासो रहेको छ।सो बागमती नदीको राजवडाघाट बाट सर्लाहीको बैरिया, बौहरी,हरकटवा लगाएत एकदर्जन भन्दाबढी गाउका र रौतहट तर्फ पिप्ररजवडा, गढौ, माधोपुर लगाएत दर्जनौ गाउका बासिन्दाहरु नदीबाटै जोखिम मोलेर आवजजावत गर्दै आएका छन।
खेतवारीको काममा नदी वारपार गर्नुपर्ने तथा दैनिक उपभोग्य सामान किन्न बजार आउन समेत उनीहरु नदी तरेर आउनु पर्ने बाध्यता रहेको छ। नदीमा बाढी आउदा बृद्धबृद्धा,महिला तथा बालबालिकाहरु थप जोखिममा पर्दै आएका छन्।
तात्कालिन जिल्ला बिकास समितीले बागमती नदीको अन्य केही घाटहरुमा डुगा उपलव्ध गराएको भएपनि राजवडा घाटमा डुगा नदिएको गाउलेको गुनासो छ।डुगा नभएका कारण धेरै दुःख पाएको कोही कसैले पनि समस्या नदेखेको कस्लाइ भन्ने , कहा जाने स्थानिय महिला सिमा देवीले प्रश्न गरेकी छिन।