वैकल्पिक राजमार्ग बनाउन ४ हजार रुख काटिँदै

वैकल्पिक राजमार्ग बनाउन  ४ हजार रुख काटिँदै

 गाईघाट: सडक विस्तारकाक्रममा उदयपुरका वन क्षेत्रबाट करिव ४ हजार काँचा रुख काट्न थालिएको छ। वैकल्पिक राजमार्गअन्र्तगत धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली हुँदै हेटौडा सडक खण्डको ६५ किलोमिटर क्षेत्रमा पर्ने उदयपुर जिल्लाको मात्रै ३ हजार ९ सय ५१ वटा हरियो रुख काट्न थालिएको हो।

सडकमा पर्ने रुख कटानका लागि मन्त्रीपरिषदको २०७४ बैशाख २१ गते बैठकको निर्णय तथा वन विभाग र सम्बन्धीत आयोजना विच २०७४ बैशाख २६ गते सम्झौता भएपछि जिल्ला वन कार्यालयले जेठ २६ गते कटान आदेश दिएको वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवले जानकारी दिनुभयो।

उहाँले सडक आयोजनाले वन ऐनसँग जोडिएका प्रक्रिया पुरा गरि रुख कटानको आदेश मागेकाले प्रकृया पुरा गरि आदेश दिएको बताउनुभयो। तीन वर्षभित्र सक्ने गरी राष्ट्रिय आयोजनाको कामलाई अगाडी बढाउन मन्त्रीपरिषदले निर्णय गरेपछि काम अगाडी बढेको उहाँको भनाई छ।

३५ वटा सामुदायिक वन क्षेत्र भित्र पर्ने उक्त सडकमा पर्ने रुखबाट ७३ हजार ८ सय ८७ दशमलव ५२ क्युफिट काठ संकलन हुने अनुमान गरिएको सूचना अधिकृत यादवले जानकारी दिनुभयो। त्यसैगरी १ सय २१ चट्टा दाउरा संकलन हुने जनाइएको छ । रुख कटानको सम्पूर्ण खर्च आयोजनाले व्यहोर्नु पर्ने सम्झौतामा उल्लेख छ।

यसरी कटान मुछान पछि उक्त काठ सम्बन्धी सामुदायिक वनलाई उपलब्ध गराउनु पर्ने नीतिगत व्यवस्था छ। समुहलाई काठ उपलब्ध भएपछि समुहले स्थानीय उपभोक्त र उव्रिएको काठ वाहिरसमेत विक्री वितरण गर्न सक्ने व्यवस्था छ। वन कार्यालयका अनुसार नेपालटारदेखी गाईघाट क्षेत्रमा पर्ने चियावारी, विजनबारी, रातमाटे, नवज्योति, महाभारत लगायत २० वटा सामुदायिक वन क्षेत्र पर्नेछन्।

यसैगरी सडकभित्र पर्ने कटारी क्षेत्रका मैजाजोर, शलेस, शान्ति, डाँफेलगायत ११ र बेल्टार क्षेत्रमा पर्ने देउराली, थानपोखरी भिमा लगायतका ४ वटा सामुदायिक वनबाट ३ हजार ९ सय ५१ वटा हरियो रुख काट्न थालिएको हो। सडकको क्षेत्रमा पर्ने वनबाट सखुवा, चिलाउने, सिसौ लगायतका महत्पुर्ण वनस्पति परेको वन कार्यालयले जनाएको छ।

कार्यालयले आफ्नो मातहतको सेक्टर वन कार्यालयमार्फत लगत संकलन गरेको जनाएको छ । प्रमुख भण्डारीले धेरै ठुलो परिमाणमा सखुवा र थोरै मात्रमा अन्य जाति परेको बताउनुभयो।

रुख कटानसँगै वैकल्पिक राजमार्गको काम तिव्ररुपमा अगाडी बढेको आयोजनका इन्जिनिर हरिमण्डले बताउनुभयो।पुर्वपश्चिम राजमार्गको बिकल्पमा निर्माण भईरहेको धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीको हेटौडा सडक सप्तकोसीले २०६५ साल भदौ २ गते सुनसरीको कुसाहा गाबिसबाट पुर्विय तटबन्धन भत्काई पूर्व पश्चिम महेन्द्र राजर्माग बगाएपछि पूर्वी नेपालसंग करिब ४ महिना यातायात सम्र्पक टुटेको थियो।

बैकल्पिक पुलको अभावमा चतराबाटै डुंगा र फेरीबाट सर्वसाधारण आवतजावत गर्न बाध्य भएका थिए । बाँध भत्किएपछि त्यसै समयमा बैकल्पिक मार्गकारुपमा यो सडक स्थापित भएको हो। बैकल्पिक सडक तीन बर्षभित्र कालोपत्रे गर्ने गरी काम थालिएको इन्जिनिर मण्डले बताउनुभयो।

लामो मधेस आन्दोलनले पुर्वपश्चिम राजमार्ग ठप्प बनेर जनजीवन कष्टकर बनेपछि सरकारले यो बैकल्पिक सडक निर्माणलाई उच्च प्राथमिकता दिएको हो। सरकार र सडक बिभागको निर्देशन बमोजिम पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयले धरान देखि हेटौडासम्मको ३ सय १८ किलोमिटर रुटलाई आगामी ३ बर्षभित्र कालोपत्रे गर्नेगरी बिस्तृत योजना तयार पारी काम थालेको छ।

पहिलो मधेश आन्दोलन हुँदा नै सरकारले यो बैकल्पिक सडकको सोच ल्याएको थियो। त्यसैअनुरुप आधा दशकअघिदेखि हेटौडामा कार्यलय स्थापना गरेर ट्रयाक खोल्न शुरु गरिएपनि सुस्त गतिमा छ।

नयाँ संबिधान जारी भएसँगै शुरु मधेश आन्दोलनले झण्डै ६ महिना राष्ट्रिय राजमार्ग ठप्प बनेपछि भने सरकार र सडक बिभाग बैकल्पिक राजमार्ग सञ्चालनमा ल्याउन तातिएको थियो। कोशी ब्यारेजको बिकल्पमा चतरास्थित सप्तकोशी नदीमाथि नयाँ पुल सञ्चालनमा आएपछि सरकारको यस सडकले निर्माण गति लिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.