आरोहण नभएका १८६ हिमालको प्रवर्द्धन गरिने

आरोहण नभएका १८६ हिमालको प्रवर्द्धन गरिने

काठमाडौँ : सरकारले आरोहण गर्न अनुमती दिए पनि बर्षो देखि एक सय ८६ वटा हिमाल अझै आरोहण हुन नसके पछि हिमालको प्रवर्द्धन गरिने भएको छ । अनुमती भए पनि ट्रेकिङ कम्पनी र पर्यटकको पहुँचमा नभएर आरोहण हनु नसकेको निष्कर्ण सरोकारवालाहरुले निकालेको छ । 

आरोहण बाँकी हिमालको आधारशिविरसम्म पदयात्रा र आरोहणनै गरेर ट्रेकिङ प्रवद्र्धन गरिने कार्यक्रम अघि बडाएको ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) महासचिव कर्ण लामाले बताउनुभयो । टानले टिम्स कार्ड बितरण वापत संकलित रकमको एक करोड २० लाख प्रवर्दन शिर्षकमा बिनियोजन गरेको लामाले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले ६ हजार देखि आठ हजार मिटरसम्मका चार सय १४ हिमालको पहिचान गरी आरोहण खुल्ला गरेको छ । यि मध्ये दुई सय २८ वटा हिमालको आरोहण भएको छ भने एक सय ८६ वटा हिमाल अझै आरोहण हुन सकेको छैन ।

हिमाल आरोहण र आधारशिविरसम्म पुग्नका लागि गन्तव्य पहिचान गरी प्रर्वधन कार्यक्रम टानले राखेको छ । पश्चिम र सुदुर पश्चिम र पुर्वका क्षेत्रमा आरोहण नभएका हिमालहरु बढी छन् । आरोहण नगरिनु र त्यस क्षेत्रमा पर्यटक नजानुको कारण पक्ता लगाई ट्रेकिङ कम्पनीकै सहयोगमा त्यस क्षेत्रमा पर्यटक लगेर प्रर्वधन गरिने लक्ष्य राखेको छ ।

प्रवर्द्धन  गर्न हिमाल नयाँ गन्तव्य पहिचान गर्ने, नक्साङकन समेत गरिने छ । आरोहण बाँकी हिमाल मध्ये पनि प्राथमिकीकरणमा राखेर ट्रेकिङ कम्पनी मार्फतनै आरोहण र पदयात्राका लागि प्रोत्साहन थालिने टानको कार्ययोजनामा उल्लेख छ । पहिलो आरोहण रेकर्ड राख्नेका लागि टानले समेत प्रोत्साहन गर्ने छ ।

पर्यटन बोर्ड र टान विच भएको सम्झौतामा टिम्स कार्ड बितरण वापतको रकम ३० प्रतिशत सोझै टानको खातामा जम्मा हुने छ । यि रकम टानले पर्यटन प्रवद्र्धनमा खर्च गर्नु पर्ने व्यवस्था छ । टिम्स कार्ड बितरण वापत करिव ७५ करोड रकम जम्मा भइ सकेको छ । आरोहण नभएर ओझेलमा परेका हिमालहरुको प्रर्वधन गर्न पर्यटन वोर्ड र नेपाल पर्वतारोहण संघसँग टानले सहकार्य गरी बास्केट फण्टको रुपमा काम गर्न समेत अनुरोध गरेको छ ।

पर्यटन वोर्डमा टिम्सबाट जम्मा भएको ३० प्रतिशत रकम र संघले २७ वटा हिमालबाट संकलन गरेको सेवा शुल्क(रोयल्टी) प्रर्वधनमै खर्च गर्नु पर्ने व्यवस्था छ । टानले टिम्स बापत प्राप्त हुने करिव २५ करोड रकम खर्च गर्ने कार्यबिधि र योजना बनाइ सकेको महासचिव लामाले जानकारी दिनुभयो ।
आरोहण खुल्ला गरिए पनि आरोहण हनु नसकेका हिमालको थप प्रर्वधनका लागि कुनै पनि योजना नभएको पर्यटन विभागका प्रवक्ता दुर्गादक्त ढकालले बताउनुभयो ।

विभागले चार सय ७६ हिमाल आरोहणका लागि उपयुक्त भनी पहिचान गरेको र यि मध्ये चार सय १४ हिमाललाई आरोहणका लागि खुल्ला गरी सकेको ढकालले जानकारी दिनुभयो । विभागले चार सय ७६ हिमालकै प्रोफाइल बनाउन शुरु गरेकाले प्रवद्र्धनमा थप टेवा पुग्ने विभागको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.