हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग

हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग

काठमाडौँ: हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गर्नुभयो । आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो ।

यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिनुभयो । दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।

भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत रु आठ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि नौ वटा ठेक्का भइसकेको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताउनुनभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.