पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु

पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु

भोजपुर: गर्मीको मौसममा पौडी खेल्ने क्रममा खोलाले बगाएर दुई किशोरको मृत्यु भएको छ।

पूर्वी पौवादुम्मा गाउँपालिका १, श्यामशिलाका १९ बर्षीय श्रीकृष्णा राई र श्यामशिलाकै १८ बर्षीय सन्तोष राई मंगलबार दिउँसो संखुवासभाको मकालु गाउँपालिका ५, नुम भनिने ठाउँमा पर्ने स्थानिय खोक्ताक खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।

सोहि खोक्ताक खोलाको निर्माणधिन पुलको काममा काम गरिरहेका ती दुबै किशोरहरु दिउँसो १२ बजेतिर पौडी खेल्न भनि गएका थिए। खेल्ने क्रममा खोलाको बहाव केहि दिनको बर्षातले गर्दा बढेको र ठुलो भएको बेला उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घटनापछि ती किशोरहरुको शव खोलाभन्दा केहि तल किनारमा भटिएको थियो। उनीहरुको शवलाई बुधबारै भोजपुर ल्याई पोष्टमार्टम पछि परिवारजनलाई जिम्मा लगाईसकिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक काजीकुमार आचार्यले बताउनुभयो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.