खेतको पोखरीमा डुबेर बालकको मृत्यु

खेतको पोखरीमा डुबेर बालकको मृत्यु

बुटवल : रुपन्देहीको देवदह वडा नं ६ मा एक बालकको खेतको पोखरीमा डुबेर मृत्यु भएको छ । ६ वर्षीया आशिष बुढाथोकी घर नजिकै रहेको खेतको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

ढुंगा निकालेर खाडल बनेको खेतमा पौडिँदा बालकको मृत्यु भएपछि जग्गाधनीको लापरवाही भन्दै स्थानीयले बिरोध गरेका छन् । जग्गाधनी गोविन्द बमरेलले खेतबाट ढुंगा निकालेर बेच्ने गरेको तर खाल्टो समयमानै नपुर्दा उक्त घटना घट्न गएको स्थानीय धनु रानाले बताउनुभयो।

बावु गोरे बुढाथोकी र आमा मिना बुढाथोकी मजदुरी काम गर्न गएको बेला उक्त घटना घटेको बताइएको छ । दुई छोरी र एक छोरा मध्ये कान्छो छोरा युगज्योति माध्यमिक बिद्यालयमा पढ्ने आशिषको मृत्यु भएको हो।

बेहोस अवस्थामा रहेका बालकको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरी नायव निरिक्षक कर्णबहादुर खड्काले बताउनुभयो । वर्षादको पानी जम्मा भएर बनेको पोखरीले बालकको ज्यान लिएको उहाँले बताउनुभयो ।

मृतकको परिवार मजदुरी गरेर खाने भएकाले गरिव परिवारको अवस्था हेरेर क्षतिपुर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन् । आइतबार मात्रै रुपन्देहीको कञ्चन गाउँपालिकामा दुई जना बालकको खेतकै पोखरीमा डुबेर मृत्यु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.