पुल नाप्न गएका दुई मजदुरको मुत्यु
काठमाडौँ : मकालु गाउँपालिका- ५ खोक्ताङ खोलामा रौता एपेक्स जेभिबाट बन्न लागेको पुल नापजाँच गर्ने क्रममा मंगलबार मध्यान्न १२ बजे खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । भोजपुर पौवादुङमा गाउपालिका- १ का बर्ष २४ को श्रीकृष्ण राई र बर्ष २२ को सन्तोष राईको डुवेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुलको अवस्थाबारे नापजाँच गर्ने क्रममा चिप्लीएर श्रीकृष्ण खोलामा डुवे पछि उद्धार गर्न क्रममा सन्तोषको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम गराई आफन्तलाई जिम्मा दिएको छ ।