लेनदेनको विवादमा घाँटी थिचेर एक युवकको हत्या

   लेनदेनको विवादमा घाँटी थिचेर एक युवकको हत्या

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ । बरवा गाँउका रामसुरत साहका २५ वर्षीय छोरा सत्रुधन साह कानुको बुधबार राति हत्या भएको हो । तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा बुधबार राति बरवाकै पाँच जनाले सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् ।

सन्जय चौरसीया, काजी चौरसीया , रामेश्वर चौरसीया, मन्टु चौरसीया र काजी प्रसाद चौसीयाले सत्रुधनलाई बुधबार बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लगेर कुटपिट गर्नुका साथै घाटी थिचेर हत्या गरेको मृतक सत्रुधनका परिवारजनले बताएका छन् ।

सापटीमा लिएको ७० हजार रुपैयाँको लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएका सत्रुधनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुधन मरेको ठानेर पाँचै जना युवक त्यहाबाट हिडेँपछि सत्रुधनले माबोइलबाट घरममा रहेकी आफ्नी श्रीमतीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याएपछि उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । मृतक सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । हत्यामा संलग्न रहको भनेर आरोप लागेका मध्ये अरु तीन जना युवा भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.