कतार संकट: साउदी अरेबिया र उसका सहयोगी किन भए नरम

कतार संकट: साउदी अरेबिया र उसका सहयोगी किन भए नरम

दोहा : कतारसँग राजनीतिक सम्बन्ध तोड्नुका साथै उविरुद्ध नाकाबन्दी गर्ने चार अरब देशले नरम रवैया अपनाएका छन् ।सम्बन्ध कायम गर्न र नाकाबन्दी हटाउन साउदीसँगै युनाइटेड अरब इमिरेट्स (यूएई), इजिप्ट र बहराइनले गत महिना कतारसामु १३ सर्त तेस्र्याएका थिए । अहिले आएर यी चारै देशले ६ वटा मात्र सर्त मान्न कतारसामु जोड दिएका छन् । संयुक्त राष्ट्र संघमा साउदी, यूएई, बहराइन र इजिप्टका प्रतिनिधिले यसबारे जानकारी गराएका हुन् ।

उनीहरूका ६ सर्तमा कतारले आतंकवाद र उग्रवादसँग लड्न प्रतिबद्धताका साथै उत्तेजना फैलाउने र भड्काउने काम रोक्नुपर्ने सामेल छन् । कतारले यी चार देशका सर्तमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । उसले आफूमाथि लगाइएका आतंकवादलाई सघाएको आरोपको निरन्तर खण्डन गर्दै आएको छ । यी चार देशपछि यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँग सम्बन्ध विच्छेद गरेका थिए ।

कतार त्यस्ता कुनै पनि सर्त मान्न अस्विकार गरेको छ, जुन सर्तले उसको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्छ वा जसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्छ । साथै उसले आफ्ना छिमेकीद्वारा गरिएको घेराबन्दीको आलोचना गर्दै आएको छ । २७ लाख जनसंख्या रहेको कतारले दैनिक आवश्यकता पूर्तिका लागि सामुद्रिक र हवाईमार्गबाट सामान आयात गर्नु परिरहेको छ । अहिले इरान र टर्कीले कतारलाई हवाईजहाज र पानीजहाजबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री पठाइरहेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघमा पत्रकारहरू समक्ष यी चार अरब देशका प्रतिनिधिले भने कि उनीहरू यो संकटको सौहाद्र्रपूर्ण समाधान होस् भन्ने चाहन्छन् ।

राष्ट्र संघमा साउदी अरेबियाका स्थायी प्रतिनिध अब्दुल अल-मुआलेमले चार देशका विदेशमन्त्रीहरू जुलाई ५ मा काहिरामा भएको बैठकमा ६ मागमा सहमत भएको र यी माग मान्न कतारका लागि सहज हुने बताए । उनले भने, ‘स्थिति सुधार्ने उद्देश्य अल-जजीरा बन्द गरेर मात्र पनि हासिल गर्न सकिन्छ । यदि हामी अल-जजीरा बन्द नगरिकनै सुधारको उद्देश्य पूरा गर्न सकिन्छ भने यो अझ बेस् । महत्वपूर्ण कुरा हिंसालाई बढावा दिने र घृणा फैलाउने भाषणबाजी बन्द गर्नु पर्छ ।'

२२ जुनमा कतारसामु राखिएका १३ सर्तमध्ये अल-जजीराको प्रशारण बन्द गर्नुपर्ने, कतारस्थित टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुडसँगको सम्बन्ध तोड्नुपर्ने र इरानसँगको सम्बन्ध तोड्नुपर्ने मुख्य थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.