अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य

काठमाडौं: सिंगापुरमा जारी आइसीसी अण्डर १९ विश्वकप छनौट खेल अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरा ओभर खेल्न दुई बल बाँकी रहदा अलआउट हुँदै १९० रन बनाएको थियो। सुरुका दुई खेलमा आक्रामक बलिङ गरेको नेपाल आजको खेलमा भने अफगानिस्तानसामु आक्रामक बन्न सकेन ।

दुई खेल जितेका नेपाल र अफगानिस्तानका लागि आजको खेल जसरी पनि जित्नै पर्ने दवाव छ । दुबैको समान ४ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

सिंगापुर र मलेसियासंगको खेलमा समान ५ विकेट लिएका कप्तान सन्दिप लामिछानेले अफगानिस्तानको २ विकेट झारे भने शाहल आलाम ३ विकेट लिन सफल भए । यस्तै पवन सर्राफले पनि २ विकेट लिए ।

बलिङ पक्ष मजबुत भएपनि ब्याटिङमा कमजोर देखिदै आएको नेपाल आज दवावमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.