'नर्सको बेवास्ताले मैले छोरो गुमाए'

'नर्सको बेवास्ताले मैले छोरो गुमाए'

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालको लापरवाहीको कारण एक बालकको ज्यान गएकाे छ। मिथिला विहारी गाउँपालिका १० ठेरा बस्ने कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको गैरजिम्मेवार रवैयाका कारण विहीबार बिहान मृत्यु भएको परिवारको दावी छ ।

बालक मण्डललाई एक्कासी ज्वरो आएपछि बुधबार बिहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि चेकजाँच गरि चिकित्सकहरुले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । उच्च ज्वरोले थलिएको बालकको स्वास्थ्य अवस्था झन् खराब भएपछि साँझ ६ बजे पुनः अस्पतालकै आकस्मिक कक्षमा भर्ना गराइएको थियो । त्यसको केही समय पछि बच्चा वार्डमा पठाएर उपचार शुरु गरिएको बुबा कैलासले बताउनुभयो । 

राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि ड्यूटीमा रहेका नर्स नैनतारा साह र कविता चौधरीलाई बुबा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार लगाउँदा उल्टै हप्काएर फर्काएको प्रत्यक्षदर्शी एक अर्का विरामी कुरुवा जुमेदा खातुनले बताउनुभयो । बिरामीको ख्यालै नगरी नर्सहरु मोवाईल चलाएर बसेको उनीहरुको आरोप छ । बच्चा वार्डमा ड्यूटीमा रहेका डा.बैद्यनाथ ठाकुर पनि आफ्नो क्वाटरमा रहेको नर्सहरुले बताएका थिए ।

राति १२ बजे बालकको अवस्था अत्यन्तै चिन्ताजनक भएपछि चिकित्सकसंगे परामर्श बिना नर्स साहले आफैले सुई लेखेर किनेर ल्याउन कैलाशलाई भनिन् र सोही सुइले बालकको स्थिति थप नाजुक हुँदा समेत नर्सहरुले वास्ता नगरेको परिवारको भनाई छ । पटक पटक गरेको आग्रह नर्सले बेवास्ता गरेपछि राति तीन बजे बालकको मृत्यु भएको बिरामीका बुवाले बताउनुभयो ।

आफ्नो छोराको उपचार अभावमा आँखा अगाडी मृत्यु भएको देखेपछि आक्रोशित बुबा कैलासले नर्समाथि लठ्ठी फाल्दै गाली गरेपछि त्यहाँको स्थिति थप तनावग्रस्त बन्यो । नर्सहरुले प्रहरीलाई बोलाएर कैलासलाई समात्न लगाए । छोराको मृत्यु पश्चात विक्षिप्त बन्नुभएका कैलाशलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर कुटपीट गरि छाडेको थियो । उहाँले रुदै भन्नुभयो ‘यो कहाँको न्याय हो ? एकातर्फ नर्सको लापरवाहीले मेरो छोरो मरेको छ, अर्को तर्फ प्रहरीले उल्टै मलाई समातेर चोर बदमास र तथानाम गाली गर्दै झापडै झापड हिर्कायो । ’ 

बुबा कैलासले उचित क्षतिपुर्ति र दोषी चिकित्सक र प्रहरीलाई कारबाही लागि पहल गरिदिन सबै पक्षसंग गुहार गर्नुभएको छ । छोराको मृत्यु पश्चात आमा सन्तोषिया देवी अचेत हुनुहुन्छ । घटना पश्चात अस्पतालमा जम्मा भएका सर्वसाधारण, स्थानीयबासिन्दा अस्पतालमा चिकित्सकको व्यवहार र प्रहरीको ज्यादतीप्रति आक्रोशित भएका छन् ।

नर्स साहले डा.बैद्यनाथ ठाकुरसंगके परामर्शमा बालकलाई सुई लगाएको प्रतिक्रिया दिनुभएको छ । आफुमाथि मृतक बालकका पिता कैलाशले लाठी प्रहार गरेपछि प्रहरीलाई बोलाएको बताउनुभयो ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.