जीप दुर्घटनामा चालकको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची : अर्घाखाँची जिल्लाको पाणीनि गाउँपालिका वडा नम्बर ४ पटौटीको कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन ।

अमजाबाट पाल्पा तानसेन हुँदै बुटबल तर्फ जाँदै गरेको लु१ ज १७९५ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ले जनाएको छ। मृत्यु हुनेमा चालक तारा बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाले बताउनुभयो ।

दुर्घटनामा लेख बहादुर रास्कोटि र टीका बहादुर रास्कोटि घाइते भएका छन्। जीप एक सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.