ट्रम्पका जेठा छोरालाई सिनेट समितिमा उपस्थित हुन आदेश

ट्रम्पका जेठा छोरालाई सिनेट समितिमा उपस्थित हुन आदेश

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानाफर्टलाई अमेरिकाको सिनेट समितिले सुनवाइका लागि बोलाएको छ ।

उहाँहरु अमेरिकी सिनेटको समितिमा अर्काे हप्ता उपस्थित हुनुपर्ने भएको हो । उहाँहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाईका लागि बोलाइएको हो ।

सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ ।

राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरिसक्नुभएको छ ।

ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गर्नुभएको छ ।

ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गर्नुभएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.