राख्दै गरेको बम विस्फोट भएपछि...
जलालाबाद (अफगानिस्तान): अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा इस्लामिक स्टेटका लडाकूले एक सडकको किनारमा बम राख्दैगर्दा विस्फोट भएपछि सात जनाको ज्यान गएको छ।
अपरिपक्क बम विस्फोटमा परी इस्लामिक स्टेट्स (आइएस) समर्थक सातजना आतङ्ककारी मारिएका स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।
पचिगाम जिल्लाको गोदारी गाउँमा मङ्गलबार आतङ्ककारीहरुको एक समूहले सुरक्षाबललाई लक्ष्यगरी बनाइरहेको बम विस्फोट हुँदा ती आतङ्ककारी मारिएका हुन्।
अपरिपक्क अवस्थामा रहेको सो बम विस्फोटमा परी घटनास्थलमा नै बम राख्दै गरेका सात आइएस आतङ्ककारी मारिएका स्रोतले जानकारी दिएको छ।
अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा सक्रिय रहेका आइएस आतङ्ककारीहरुले यस घटनाको विषयमा कुनै टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा