उत्तरी भारतमा बस दुर्घटनामा २८ को मृत्यु

उत्तरी भारतमा बस दुर्घटनामा २८ को मृत्यु

नयाँ दिल्ली: उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनुभएको छ ।

यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ ।

प्रान्तीय राजधानी सिमलाबाट १२० किलोमिटर टाढा पर्ने रामपुरनजिकै राष्ट्रिय राजमार्ग नं ५ मा सो दुर्घटना भएको थियो । चालकले नियन्त्रण गुमाएका कारण सो बस खोँचमा खसेको जनाइएको छ ।

यस बसमा चालक र सहायकसहित ४० भन्दाबढी व्यक्ति सवार रहेका जनाइएको छ । सो क्षेत्र एक पहाडी अप्ठेरोमा रहेकोले बारम्बार यस्ता दुर्घटना हुने गरेको अर्काे एक समाचारमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान सुरु भएको एकजना वरिष्ठ सरकारी अधिकारीले जानकारी दिनुभएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.