११ महिनामा १९ खर्ब ६६ अर्ब कर्जा

११ महिनामा १९ खर्ब ६६ अर्ब कर्जा

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/०७४ को ११ महिनासम्ममा विभिन्न क्षेत्रमा १९ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको यसै अवधिको तुलनामा २१ प्रतिशत बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाले १६ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गएको आवमामात्रै दुई खर्ब ८४ अर्ब ६३ करोड कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाले थोक तथा खुद्रा व्यापार र उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यस क्षेत्रमा करिब २२ प्रतिशत लगानी भएको छ । अघिल्लो आवको जेठसम्म यस क्षेत्रमा वित्तीय संस्थाले तीन खर्ब ५८ अर्ब ८४ करोड लगानी गरेका थिए । एक वर्षमा यस क्षेत्रको लगानी ७१ अर्ब २९ करोड बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट खाद्य वस्तु प्रशोधन तथा प्याकेजिङ, कृषि तथा वनजन्य उत्पादन, वियर/सोडा/अल्कोहल, नन् अल्कोहल, टोबाको, ह्यान्डीक्राफ्ट, सनपार्ट, टेक्सटाइललगायत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले तीन खर्ब २९ अर्ब १३ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो लगानी दुई खर्ब ९० अर्ब थियो । एक वर्षमा यो क्षेत्रमा करिब ३९ अर्ब रुपैयाँले बैंक तथा वित्तीय क्षेत्रले लगानी विस्तार गरेका छन् । गएको वर्षमा सिमेन्ट उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रबाट ४६ अर्ब २१ करोड लगानी भएको छ । यसरी नै गएको वर्ष पूर्वाधार क्षेत्रको आवास तथा गैरआवास र ठूला सडक तथा पुल निर्माणमा दुई खर्ब १९ अर्ब २९ करोड लगानी भएको छ । व्यक्तिगत आवास निर्माणमा एक खर्ब ७७ अर्ब ९५ करोड कर्जा प्रवाह भएको छ । चालू आवमा यो क्षेत्रको लगानी अझ बढ्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत आवास कर्जाको सीमा ५० लाखले बढाएर एक करोड ५० लाख पुर्‍याएको छ । अघिल्लो आवको यसै अवधिमा आवास निर्माणका लागि एक खर्ब ४५ अर्ब कर्जा प्रवाह भएको थियो । सरकारको प्राथमिकतानै पूर्वाधार निर्माणमा भएकाले गएको आवमा ठूला पुल र सडक निर्माणमा २६ अर्ब २६ करोड रुपैयाँ कर्जा गएको छ । यातायात, सूचना तथा सार्वजनिक सेवामा बैंक तथा वित्तीय संस्थाले एक खर्ब पाँच अर्ब ९२ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको जेठसम्म यस्तो लगानी जम्मा ७९ अर्ब ४१ करोडमात्र थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा लगानी बढाएका छन् । एक वर्षको अवधिमा यस क्षेत्रको लगानी बढेर ११ अर्ब ८३ करोड पुगेको छ । गएको वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा ८८ अर्ब ७३ करोड लगानी भएको छ । नेपाल राष्ट्र बैंकले कृषि ऊर्जा क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने बताए पनि कुल कर्जाको करिब साढे चार प्रतिशतमात्र लगानी भएको छ ।

राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत अब बैंक तथा वित्तीय संस्थाले कुल लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको नीतिअनुसार कृषिमा लगानी बढाउन चुनौती भएको बैंकर्सहरूले बताएका छन् । सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले एकै पटक लगानी बढाउन चुनौती भएको बताउनुभयो । विस्तारै बढाउन पाएको भए हुन्थ्यो एकै वर्षमा अहिले भइरहेकै जति कर्जा थप गर्न गाह्रो हुने उहाँको भनाइ छ । बढेको पुँजीको आधारमा लगानी बढाउन अझ गाह्रो हुने उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले हालसम्म फाइनान्स, बिमा तथा स्थिर सम्पत्तिमा एक खर्ब ६० अर्ब १४ करोड लगानी गरेका छन् । यो कर्जा गएको अघिल्लो आवको यसै अवधिसम्म एक खर्ब २९ अर्ब २३ करोडमात्र थियो । यो रकममध्ये घरजग्गा कारोबारमा ८३ अर्ब ९० करोड लगानी भएको छ । अघिल्लो आवको जेठसम्म बैंक तथा वित्तीय क्षेत्रको घरजग्गामा ६६ अर्ब ४६ करोड लगानी गरेका थिए ।

वित्तीय संस्थाले अहिलेसम्म सेवामूलक उद्योग पर्यटन, होटल, विज्ञापन एजेन्सी, हस्पिटल, शिक्षालगायत क्षेत्रमा साढे एक खर्ब लगानी गरेका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाले गएको वर्ष अन्य विविध क्षेत्रमा तीन अर्ब ३६ अर्ब ७७ करोड लगानी गरेका छन् । समग्रमा खानी तथा उत्खनन, स्थानीय सरकार कम लगानी गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाले सुनचाँदीमा ३७ अर्ब ७३ करोड लगानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.