प्रेमको गरेको निहुँमा छोरीलाई निर्घात कुटपिट गर्ने बाबु पक्राउ

प्रेमको गरेको निहुँमा छोरीलाई निर्घात कुटपिट गर्ने बाबु पक्राउ

बुटवल : प्रेम गरेको नाममा छोरीलाई निर्घात कुटपिट गर्ने रुपन्देही मर्चवार डिहुलीका इन्नर अहिरलाई प्रहरीले गएराति नै पक्राउ गरेको छ। 

प्रहरीले युवती सहित उनका प्रेमीलाई पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ । छोरी मिना र प्रेमी दिनेश लोधलाई थप अनुसन्धानका लागि मर्चवार इलाका प्रहरी कार्यालयमा लगिएको छ ।

प्रहरी कार्यालयका निमित्त प्रमुख नरिश्वर अर्यालले रुपन्देही प्रहरी प्रमुखको निर्देशनपछि सार्वजनिक मुद्धा चलाउन लागिएको बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धानका लागि घटनामा संलग्नहरुसंग सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

असार १९ गते डिहुलीका मिनालाई दलित युवा दिनेश लोधसंग प्रेम सम्बन्ध राखेको भन्दै परिवारका सदस्यले कुटेको भिडियो सार्वजनिक भएपछि विहीबार घटना बाहिर आएको थियो ।

वालविवाह व्याप्त रहेको मर्चवारमा सानै उमेरमा विहे हुने गरेको छ । प्रेम सम्बन्धमा बाधिका लोध र यादवको अरु संगै विबाह भइसकेको छ । तर गौना गएका छैनन् । किशोरीले श्रीमान रोज्न नपाइने भएकै कारण अरु युवासंग युवतीहरु प्रेममा बाधिने गरेका छन् ।

प्रेमसम्बन्धपछि नियमित भेटघाट गरेको जानकारी पाएका परिवारका सदस्यले कुटपिट गरेका ह्ुन । उनीहरुले शुरुमा प्रेमी लोधमा नियन्त्रणमा राखेका थिए । किशोरी यादवले उसको गल्ती नभएको भन्दै बचाउन पुग्दा बाबुबाटै कुटिएकी हुन् ।

प्रहरीले असार २० गते छोरी कुट्ने बाबुलाई छाडेको थियो । गाउपालिका अध्यक्षको रोहबरमा छाडिएको प्रहरीले जनाएको छ । प्रहरीले मानसिक रोगी भएकाले थुनामा राख्न नसकिएको स्पष्टोत्ति दिदै आएको छ ।

घटना सार्वजनिक भएपछि मानवअधिकारकर्मीहरुले चासो दिएका छन् । मानवअधिकार आयोग बुटवल उपक्षेत्रीय कार्यालयको टोली घटनाको अध्ययनको लागि मर्चवार पुगेको छ ।

प्रेमका नाममा युवतीमाथि निर्घात कुटपिट (भिडियो) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.