जन्म दिनमा दृष्टिविहीनलार्इ घर उपहार 

जन्म दिनमा दृष्टिविहीनलार्इ घर उपहार 

राजविराज : हास्य कलाकार कुमार कट्टेल (जिग्री) ले दृष्टिविहीन मण्डल परिवारलाई घर हस्तान्तरण गरेका छन् । उनले आफ्नो जन्म दिनका अवसरमा बुधबार दृष्टिविहीनलाई घर उपहार दिएका हुन् । सप्तरीको डाकनेश्वरी नगरपालिका ८ स्थित प्रवाहपट्टिमा ‘जिग्री पाँडे प्रतिष्ठान'द्वारा नवनिर्मित तीनवटा पक्की घर हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका जिग्रीको जन्मदिनको अवसर पारी उक्त घरहरू एकै परिवारका दृष्टिविहीन दाजु शिवनारायण, भाइ शम्भु मण्डल र बहिनी जयकला मण्डलको परिवारलाई हस्तान्तरण गरिएको हो ।

राहत बाँड्ने उद्देश्यले एक वर्षअघि साथीसहित यहाँ आएका जिग्रीले दृष्टिविहीन एकै परिवारको अवस्था दर्दनाक देखेपछि सिनेमा बनाउने सोच त्यागेर घर बनाउने सपना देखेका थिए । उनले भने- ‘सिनेमामार्फत कलाकारिता गरेर पनि खुसी बनाउने हो, घर बनाएर पनि खुसी बनाउने हो, छाना नभएका दृष्टिविहीनलाई घर बनाइदिने निर्णय गर्‍यौँ ।' भविष्यमा प्रधानमन्त्री बन्न सक्ने सम्भावना भएका बालबालिकालाई जाडोमा नांगै कठ्यांग्रिएको देखेर मन दुखेको बताउँदै उनले भने- ‘असक्षम नेपालीलाई सक्षम नेपालीले सेवा गर्नु नै धर्म हो, सबैको सहयोगमा यो सपना पूरा भयो ।'

सपनामा पनि नचिताएको घर पाएकोमा दंग परेका दृष्टिविहीन परिवार, गाउँले र सहकर्मीहरूले सम्मान र शुभेच्छासहित जिग्रीको जन्म दिनलाई विशेष बनाएका थिए । घर बनाइदिएको र गाउँमा बिजुलीबत्ती बालेर गाउँ नै उज्यालो बनाई दिएकोमा खुसी भएका गाउँलेहरूले फूलमालाले जिग्रीको स्वागत गरेका थिए । दृष्टिविहीन शम्भुले आफन्तबाट पनि नहुने सहयोग प्रतिष्ठानले गरेर नदेखेको सपना पूरा भएको बताए । पहाडी समुदायका मानिसले मधेसमा आएर गाउँ नै उज्यालो बनाएकोमा खुसी प्रकट गर्दै स्थानीय मो।बसिरले दुई समुदायकै बीच भाइचारा थप मजबुत बनाएको बताए ।

हस्तान्तरणमा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र प्रसिद्ध हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले घरको साँचो हस्तान्तरण गरेका थिए । तीन परिवारमा पाँचजना दृष्टिविहीनसहित १७ जना छन् । जसमध्ये चारजना बालिका प्रतिष्ठानकै पहलमा काठमाडौं धुलिखेलस्थित बालगृहमा बसेर पञ्चकन्या बोर्डिङ स्कुलमा पढ्दै छन् ।

कुल ३१ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण भएका तीनवटै घरमा शौचालय र तीनवटा कोठा छन् । घर निर्माणका लागि प्रतिष्ठानमार्फत १८ लाख ५१ हजार, अभियन्ता रमेशप्रसाद साहमार्फत सात लाख ७७ हजार र सप्तरी युथमार्फत २८ हजार रुपैयाँ संकलन भएको प्रतिष्ठानका अर्जुन घिमिरे ९पाँडे० ले जानकारी दिए ।

हिमाल, पहाड, तराई जहाँ बसे पनि हामीमात्र नेपाली हौं भन्दै मनका धनी नेपालीले सकारात्मक सोचका साथ आफ्नो गाउँ आफैं बनाउने अठोट गरे विकास गर्न धेरै समय पर्खनु नपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.