बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढेका छन्। निकुञ्जमा पाईने र्दुलभ बन्यजन्तु लगायत यातायात तथा होटल वासको सुविधा सुलभ भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पर्यटकहरु बढेका हुन्। 

निकुञ्ज अवलोकनका लागि बर्दियामा पर्यटक बढेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले वताउनुभयो। उहाँले भन्नुभयो, ‘ठाकुरद्वारा देखि काठमांडौ सम्म सुविधा सम्पन्न वस सेवा सञ्चालन र पर्यटकीय होटलहरुले सेवा विस्तार गरेका कारण पनि पर्यटकको आवागमनमा बृद्धि भएको छ।' 

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधतासँगै लोपोन्मुख पाटेबाघ, एकसिंगे गैडा, हात्ती लगायत चराप्रजातिहरु हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन्। उहाँले थप्नुभयो ‘आर्थिक वर्ष ०७२÷७३ को तुलनामा गतवर्ष पर्यटकको संख्या उल्लेख्य बृद्धि भएको छ । यस वर्षको असार मसान्त सम्ममा १७ हजार ९ सय ५९ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन्।'  

जसमध्ये ५ हजार ८ सय २७ जना विदेशी, ५ सय २३ जना सार्क मुलुक र ११ हजार ६ सय ९ नेपाली पर्यटकहरु रहेको थापाले वताउनु भयो । आर्थिक वर्ष ०७२÷७३ मा १० हजार ६ सय ३८ जना पर्यटकहरुले निकुञ्ज अवलोकन गरेका छन् । थापाका अनुसार ३ हजार ६९ विदेशी, ३ सय २५ सार्क र ७ हजार २ सय ४४ जना नेपाली पर्यटक हरुले निकुञ्ज अवलोकन गरेका हुन्। यस आर्थिक वर्षमा बर्दियामा पर्यटकको संख्यामा बढोत्तरी भएको बताउँदै आगामी दिनहरुमा थप उल्लेख्य पर्यटक भित्र्याउन निकुञ्जले समेत पहल गरिरहेको बताउनु भयो।  

बर्दियामा अधिकांस पर्यटकहरु जैविक विविधता लगायत विश्वकै लोपोन्मुख पाटेबाघ, गैंडा, हात्ती, अजिँगर, चरा प्रजाति तथा वनस्पतिहरुको अवलोकन र अध्ययनका लागि आउने गरेका छन्। निकुञ्जमा ४ सय ३८ प्रजातिका चराहरु, १ सय २० वटा जंगली हात्ती, ३७ वटा एकसिंगे गैंडा लगायत ६२ वटा भन्दा वढी वयस्क पाटेबाघहरु रहेको अधिकृत थापाले बताउनु भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.