अाइकाओको 'कालोसूची' बाट हट्यो नेपाल
काठमाडौं : चार बर्ष अघि अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले नेपालमाथि लगाएको गम्भीर सुरक्षा चासोलाई हटाएको छ। नागरिक उड्डयन संगठनको गम्भीर चासो संपरीक्षण समितिको बिहीबार बसेको बैठकले नेपाललाई कालो सूचीबाट हटाएको नेपाल नागरिक उडड्यन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सन् २०१३ मा नेपाललाई कालोसूचीमा राखेपछि आइकाओको दुई सदस्यीय अडिटर टोली जुलाइमा नेपाल आएको र उक्त टोलीको अडिटपछि नेपाललाई कालोसूचीबाट हटाइएको विज्ञप्तीमा उल्लेख छ।
‘टोलीले नेपालको उडान सुरक्षा सुपरीवेक्षणको प्रभावकारीताका सम्बन्धमा दुई अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरु नेपाल वायुसेवा र हिमालय एअरलायन्समा समेत निरीक्षण गरेका थियो।
त्यसपश्चात नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसको पालना दर आइकाओले निर्धारण गरेको औषत ६० प्रतिशत भन्दा बढी हुन गई ६६.०८ प्रतिशत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपालले वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा इकाओको निर्धारीत प्रक्रिया पालना नगरेको भन्दै गम्भीर सुरक्षा चासो भएको मुलुकका रुपमा उल्लेख गरेको थियो।