छोरी कुट्ने बाबुसहित पाँचविरुद्ध मुद्दा दायर

छोरी कुट्ने बाबुसहित पाँचविरुद्ध मुद्दा दायर

बुटवल : दलित युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले मुद्दा चलाएको छ। शुक्रबार बाबु इन्द्रल यादवसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको हो।

रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय २१ वर्षीया दिनेश लोधसँग प्रेम गरेकोभन्दै परिवारका सदस्यले नै निर्घात कुटपिट गरेका थिए। असार १९ गतेको घटना बिहीबार मात्रै सार्वजनिक भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले किशोरीलाई कुट्ने बाबु इन्द्रल यादव, ठुलो बुवा लालमन यादव, उनकी श्रीमती, दाइ दिनेश यादव र छिमेकी पशुपती कोइरीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो। युवती कुटिएको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री जनार्दन शर्माकै निर्देशनमा रुपन्देही प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको थियो।

असार १९ गते घटना भएपछि मर्चवार इलाका प्रहरी कार्यालयले कुटपिट गर्नेमध्येका बाबु इन्द्रललाई नियन्त्रणमा लिएर छाडेको थियो। महिला हिंसा भएको घटनालाई स्थानीय स्तरमै मिलाप गराएको भन्दै मर्चवार इलाकाका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिलाई स्पष्टिकरण सोधेको छ।

मर्चवार प्रहरीले किशोरीसंग प्रेम सम्बन्धमा रहेका लोधलाई एकलाख क्षतिपूर्ति गराई छाडेको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले छोरी कुट्ने बाबुलाई छुटाउने गरी प्रहरीसँग समन्वय गरेको बताइएको छ।

याे पनि पढ्नुहाेस्

प्रेमका नाममा युवतीमाथि निर्घात कुटपिट (भिडियो)

प्रेम गर्ने छोरी कुट्ने बाबुलाई सार्वजनिक मुद्दा

यस्तो थियो घटना
युवती यादवको असुरैनाको बेलवाका युवकसंग एक वर्षअघि मात्रै बिहे भएको थियो। कक्षा ८ पढेपछि स्कुल जान छाडेकी उनको बिहेपछि मात्रै लोधसँग हिमचिम बढेको थियो। लोध पर्सहवाको एक बोर्डिङ स्कुलमा पढाउने शिक्षक रहेको मर्चवार क्षेत्रमा कार्यरत एक सामाजिक परिचालकले बताए। लोधको घरमै आफ्नै श्रीमती रहेकी छिन्। करिब दुई महिना अघि मात्रै उनको छोरा जन्मिएको बताइएको छ।

असार १९ गते घरमा कोही नभएको मौकामा लोध युवतीको घर डिहुलीमा पुगेका थिए। युवतीका दाइ दिनेशले घरमा कोही आएको देखेपछि आमालाई खबर गरे। छोरीको अर्कै युवासंग प्रेम सम्बन्ध रहेको शंका पाइरहेका परिवारका सदस्यले घरमै फेला पारेका हुन्। परिवारका सदस्यसहित छिमेकीले दुबै जनालाई कुटपिट गरेका थिए।

कुटपिटको खवर पाएपछि प्रहरीले सबैलाई नियन्त्रणमा लिएको थियो। बाबु इन्द्रललाई दोस्रो दिन र युवा युवतीलाई तेस्रो दिनमात्रै प्रहरीले छाडेको थियो।

युवतीसंग प्रेम सम्बन्धमा रहेका लोधले आफ्नो घरमै श्रीमती भएका कारण बिहे नगर्ने भन्दै त्यस वापत एक लाख रुपैयाँ क्षतिपूर्ति दिएको बताइएको छ।

युवतीलाई एक वर्षअघि मात्रै बिहे गरेका श्रीमानले समेत गौना नलैजाने बताएका छन्। मधेसी समुदायमा पहिला बिहे गर्ने र केही वर्षपछि गौना जाने चलन रहेको छ। प्रहरीले मिलापत्र बनाएपछि युवती आफ्नै आमाबाबुसँगै बस्दै आएकी थिइन।

१५ दिनसम्म गाउँमै सीमित रहेको कुटपिटको घटना सामाजिक सञ्जालमा १६ औं दिनमा फैलिएको थियो। घटना सार्वजनिक भएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो। युवतीका बुबासहित तीन जना प्रक्राउ परेको र अन्यको खोजी जारी रहेको रुपन्देही प्रहरी प्रमुख धानुकले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.