छोराको आशमा चौथो पटक गर्भ
विराटनगर: मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्।
उनले थप सन्तान जन्माउन अस्वीकार नगरेकी भने होइनन्। तर घर, समाजले उनलाई जबरजस्ती गर्यो। तीन छोरीकी आमा लिलम पुनः गर्भवती छिन्। उनी नयाँ सन्तान प्राप्तिमा जति खुसी हुनुहुन्छ्, पुनः छोरी नै होला कि भन्ने भयले उनी चिन्तित छिन्।
लिलम तराइ समुदायकी एक प्रतिनिधि पात्र हुन्।वर्षौदेखि जकडिएर बसेको मान्यता अझै भत्किएको छैन।
छोराको आशामा वर्षेनी छोरी जन्मिदा एक तर्फ आमाको स्वास्थ्यमा असर परिरहेको हुन्छ भने अर्कातर्फ पारिवारिक भार थपिन्छ। वर्षैदेखि सरकार र दातृ निकायले गरेका सामाजिक चेतनामूलक अभियानले कही छोएको छैन।
८ कक्षा पढेकी लिलमलाई थाहा छ, धेरै सन्तान जन्माउन हुँदैन। तर समाजले भन्छ, 'अप्रेशन गरेर भए पनि छोरा जन्माउनै पर्छ, वशंज नाश हुन त दिनुभएन नी ! उनी यही संस्कारको सिकार भएकी छिन्। श्रीमान्को कमाईले परिवार चलाउन धौधौ हुन्छ।
निलमकी आमा पवन गर्भवती छोरीलाई कामधन्दा सघाउन व्यस्त छिन्। तर छोरीका वर्षेनी सन्तान भएको बारे भन्दा पनि पवनलाई छोरीले छोरा नपाउली की भन्ने पीरले सताएको छ।
यही समाजका साक्षी डोमीनी राय र सकुनी राय पनि छोरा नभई नहुने बताउँछिन्। छोरी अर्कैको घर जाने हुँदा बुढेसकालमा छोराले मात्र हेरचाह गर्ने उनीहरुको तर्क छ।