दौडिएर ७५ जिल्ला पुग्ने कुुलबहादुुर
काठमाडौं : जाउलाखेल चोकभन्दा केही अगाडिबाट बायाँतर्फ मोडिएपछि उनले भनेकै स्थानमा पुुगेका छौं । एक कलेजको गेटअघि सेक्युुरिटी गार्डको डे«स लगाएर उभिएका कुुलबहादुुर शाहीले केही लजाउँदै हामीलाई पनि स्यालुुट गरे । हामी उनै कुुलबहादुुरलाई सुुन्न त्यहाँ पुुगेका छौं । दुुर्गम जिल्ला जुुम्ला तातोपानी ३ का कुुलबहादुुर दौडमार्फत देशमा शान्तिको सन्देश फैलाउने उद्देश्यले झन्डै ६ वर्षअघि घर छाडेर निस्किएका थिए ।
खेतीकिसानी गर्ने उनको मध्यमवर्गीय परिवारसँग आर्थिक अभाव त थियो नै, सँगसँगै जुुम्ला बहुुमुुखी क्याम्पसमा ब्याचलर पहिलो वर्षमा अध्ययनरत कुुलबहादुुरसँग उनको परिवारले केही आशा पनि गरेको थियो ।
घरपरिवारको आशा र आफ्नो सम्भावनालाई बेवास्ता गर्दै देशमा शान्तिको सन्देश फैलाउन घरबाट निस्किएका कुुलबहादुुरलाई यतिबेला नियतिले सेक्युुरिटी गार्डको जागिरेका रूपमा उभ्याएको छ । उनले दौडिएर देशका ७५ वटै जिल्ला सदरमुकाम पुुगी शान्तिको सन्देश फैलाउने अभियान त पूरा गरे तर, कतैबाट पनि सहयोग प्राप्त नहुुँदा त्यसपछिको अभियान अघि बढाउन सकेनन् । उनलाई अपरिचित काठमाडौंमा दैनिकी टार्नसमेत मुुस्किल हुुन थाल्यो, अनि उनका लागि दौडभन्दा पनि आफ्नो पेट पाल्नका लागि सेक्युुरिटी गार्डको काम गर्नुु बाध्यता बन्यो ।
झन्डै १० वर्षको सशस्त्र द्वन्द्वपछि देश शान्तितर्फ फर्कंदै थियो । तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीचको समझदारी पछि पहिलो संविधानसभाको निर्वाचनसमेत सम्पन्न भइसकेको थियो । यद्यपि देशको अवस्था अझै अस्थिर थियो । सशस्त्र द्वन्द्वबाट प्रभावित जुुम्लाका कुुलबहादुुरलाई लाग्यो, देशमा शान्ति कायम गर्न केही गर्नुुपर्छ । उनको मनमा छुुट्टै विचार पनि फुु¥यो, शान्तिको सन्देश लिएर देशका ७५ वटै जिल्ला सदरमुुकाम पुुग्ने । त्यो पनि दौडिएर ।
उनले आफ्नो योजना पिता वीरबहादुुर शाहीलाई सुुनाए । परिवारका अन्य सदस्यसँग पनि सल्लाह गरे । सुुरुमा कसैले पनि साथ दिएनन् । पिता वीरबहादुुरले नयाँ ठाउँमा पुुग्दा मान्छेहरूले नराम्रो व्यवहार गर्छन्, कुुट्लान, मार्लान् भनेर समेत सम्झाए । तर, कुुलबहादुुरले आफन्तको सल्लाह पनि फिटिक्कै मानेनन् । २०६८ साल पुुस २५ गते आफ्नै जिल्ला जुुम्ला सदरमुुकामबाट शान्तियात्रा सुुरु गरे । जुुम्लाका तत्कालीन प्रमुुख जिल्ला अघिकारी महादेव पन्तले उनलाई पहिलो प्रमाणपत्र दिएका थिए ।
कुुलबहादुुरले दौड सुुरु गर्दा साथमा पैसा थिएन । घरबाट निस्कँदा पिता वीरबहादुुरले दिएको दुुई बोतल पानी, एक प्याकेट चाउचाउ, जौ र कोदोको १८ वटा रोटीमात्रै थियो । उनी पुुगेको स्थानमा सहयोग मागेर अभियान पूरा गर्ने अठोटका साथ घरबाट निस्किएका थिए ।
तर, धेरै अवस्थामा सहयोग प्राप्त भएन । ‘जिल्लाका इलाका प्रहरी कार्यालयको निगरानीमा दौडिएको थिएँ । धेरै स्थानमा प्रहरी कार्यालयमै खान बस्न दिए । बाटोबाटोमा भेटिएका केही मनकारीले सहयोग पनि गर्नुुभयो,’ कुुलबहादुुरले सुुनाए’, ‘तर, केही स्थानमा नसोचेको दुुःख पनि पाएँ । सोलुुखुुम्बुु र मुुस्ताङबाट मनाङतर्फ पुुग्दा खानेकुुरा समेत पाइनँ । जुुम्लामै हुुर्किएको भए पनि त्यस्तो हिउँमा बसेको थिइनँ । बिरामी पनि परेँ ।’
कुुलबहादुुरले दुुई सय १८ दिन लगाएर काठमाडौंको जिल्ला प्रशासन कार्यालय बबरमहल पुुगेर आफ्नो अभियान पूरा गरे । उनीसँग दौड पूरा गरेको ७५ वटै जिल्ला प्रशासन कार्यालयले दिएको प्रमाणपत्र छ । जिल्ला खेलकुुद विकास समितिलगायत सरकारी निकाय तथा अन्य संघसंस्थाहरूले दिएका दुुई झोला प्रमाणपत्र छन्, उनीसँग ।
उनले आफूले गरेको मेहनत देखाउनका लागि सो प्रमाणपत्र जम्मा पारेका थिए । तर, आजभोलि ती प्रमाणपत्रहरू उनलाई बोझ झैं भएका छन् । ‘मैले आफूले गरेको मेहनतलाई सरकारले पहिचान गर्ला भन्ने सोचेको थिएँ । त्यसैले दौडिएर ७५ जिल्ला मात्रै पुुगिनँ, प्रमाणपत्रसमेत ल्याएको छुु’, उनी भन्छन्, ‘दुुःखको कुुरो सरकारले कुुनै वास्ता गरेन । काठमाडौंमा आफ्नो बस्ने स्थानसमेत छैन । अहिले यी प्रमाणपत्र सुुरक्षित गर्नसमेत मुुस्किल परिरहेको छ ।’
कुुलबहादुुरले सरकारले आफूलाई शान्ति धावकका रूपमा घोेषणा गरिदियोस् भन्ने इच्छा व्यक्त गरेका थिए । त्यसैले उनले आफू ७५ वटै जिल्ला पुुगेको प्रमाणपत्र तत्कालीन राष्ट्रपति डा.रामवरण यादवलाई बुुझाउने प्रयास गरेका थिए । त्यसका लागि उनी बारम्बार राष्ट्रपति कार्यालय शीतल निवास पनि पुुगे । तर, सुुरक्षा गार्डले त्यहाँ पस्नसमेत नदिई निकालिदिए ।
‘राष्ट्रपतिलाई भेट्नका लागि मैले पत्रकार ऋषि धमलालाई समेत भनेँ तर, भेट्न सकिनँ । बरु, उहाँले अर्जुुननरसिंह केसीमार्फत सम्मान गरिदिनुुभयो’, उनले भने, ‘राष्ट्रपतिलाई भेट्न नसकेपछि खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुुद परिषद्मा प्रयास गरेँ तर त्यहाँबाट पनि शान्ति धावकको प्रमाणपत्र पाउन सकिनँ ।’
उनले आफ्नो अभियानमा राज्यबाटै सहयोग प्राप्त नभएको गुुनासो गरे । ‘मेरो पहिलो प्रयासमै सरकारबाट सहयोग पाइनँ । बरु, बारम्बार निरुत्साहित हुुने व्यवहार भयो’, आफ्नो भविष्यबारे चिन्तित कुुलबहादुुर भन्छन्, ‘त्यसपछि दौडतर्फको मेरो यात्रा त्यत्तिकै रोकियो । ठूलो नाम कमाउँछुु भनेर घरबाट निस्केको म अहिले काठमाडौंमा बाँच्नका लागि संघर्ष गरिरहेको छुु । बाबाले घर आइज भन्नुुहुुन्छ तर, घर जाने आँटसमेत छैन । त्यसैले बाध्य भएर सेक्युुरिटी गार्डको काम गर्न थालेको छुु ।’
कुुलबहादुुरको दौडको चाहना भने अझै मरेको छैन । जब खेलाडीहरू अभ्यास गरिरहेको देख्छन्, उनको खुुट्टा पनि त्यतैतिर मोडिन्छ । विभिन्न विभागीय टोलीमा आबद्ध उनका साथीहरूलाई भेट्दा पनि उनलाई दौडिहालौं जस्तो लाग्छ रे । तर, उनलाई आफ्नो अवस्थाले त्यही कलेजको गेट कुुर्न बाध्य बनाउँछ । ‘मैले सेक्युुरिटी गार्ड गर्नुुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्, ‘अहिले त्यही काम गर्नुु परेको छ । हातमाथि लगेको देखेन भने आउने जाने रिसाउँछन् । त्यसैले लाज लागेर पनि स्यालुुट गर्नुुपर्छ । अहिले पेट पाल्नकै लागि मनले नमानेको काम गर्नुु परेको छ ।’
खेलकुुदकै लागि घर छाडेका कुुलबहादुुर खेलकुुदले नै केही व्यवस्था गरिदिए अझै दौडलाई निरन्तर दिने चाहना रहेको बताउँछन् । ‘अहिले कतैबाट सम्मान नपाए पनि मरेपछि भने मेरो सम्झना होला भन्ने लागेको छ । सरकारबाट शान्ति धावकको प्रमाणपत्र पाउन सकिनँ’, उनी भन्छन्, ‘जीवन धान्न खेलकुुदबाट रंगशालामा गार्डकै लागि भए पनि केही व्यवस्था भइदिए निकै आभारी हुुने थिएँ।’