सफलताकाे उचाइमा उपासना
काठमाडौं : सितापाइलास्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्था ८ औं वर्षमा प्रवेश गरेको छ। २०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएर कारोबार सुभारम्भ गरेको उपासना संस्थाले छोटो समयमै सफल सहकारीको परिचय दिन सफल भएको छ ।
संस्थाका अध्यक्ष अमरावती महर्जनले २९ जना सदस्यबाट ५ लाख सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल करिब ४ हजार सदस्य पुगेको बताउनुभयो । संस्थाले सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गरिरहेको महर्जनले बताउनुभयो ।
सदस्यहरुलाई वित्तीय सेवाका साथै सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ । संघर्ष, लगाव, लगान र समर्पणले संस्थालाई यो स्थान सम्म ल्याउन सफल भएको अध्यक्ष महर्जनले बताउनुभयो ।