नुहाउने क्रममा नदीमा डुबेर दुईको मृत्यु

नुहाउने क्रममा नदीमा डुबेर दुईको मृत्यु

कैलाली : कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ । नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका-१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबीच झापाको बिर्तामोड-भद्रपुर सडकखण्डको हर्चानामा शुक्रबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–८ निवासी कृष्ण थापाको मृत्यु भएको छ ।

घटनामा थापा र सोही स्थान बस्ने ३२ वर्षीय गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिर्तामोडबाट चन्द्रगढीतर्फ आइरहेको बा १० च ४०८१ नंको कारले विपरीत दिशाबाट गइरहेको मे २ प ९०६८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मोटरसाइकल चालक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ठक्कर दिने कार चालक टंकप्रसाद रिजाललाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.