अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

वासिङ्टन : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उहाँले राजीनामा दिनुभएको सञ्चार माध्यमले जनाएका छन् । 

सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेको सञ्चार माध्यमले उल्लेख गरेका छन् । इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको थिषो । 

ट्रम्पको कार्यकाल सुरु भएदेखि प्रेस सचिव रहेका बेला उहाँ धेरै विवादमा पर्नुभएको थियो । कतिपय पत्रकार सम्मेलन अशिष्ट, अभद्र र अव्यवस्थितसमेत भएका थिए । 

नवनियुक्त सञ्चार निर्देशक स्कारमुक्की राजनीतिक तथा आर्थिक मामिलामा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँले धेरै बैंक तथा आर्थिक संस्थामा काम गरिसक्नु भएको छ । ५३ वर्षीय स्कारमुक्की सिएनएनमा पनि आवद्ध हुनुभएको थियो । रासस/सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.