पोल गाड्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

पोल गाड्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

कुश्मा : विद्युतको पोल परिर्वतन गर्ने क्रममा करेण्ट लागेर पर्वतमा एक जनाको ज्यान गएको छ । पर्वतको कुस्मा नगरपालिका वडा १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

पर्वतको मोदी गाउँपालिका वडा ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टांग्ने क्रममा अकस्मात विद्युत प्रवाह हुँदा केसीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

गाउँमा ४ दिन देखि विद्युत अवरुद्ध रहेको थियो । विद्युत अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत प्रवाह गरिदिएका कारण केसीले ज्यान गुमाउनु परेको हो । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको लापबार्ही भएको आरोप मृतकका आफन्तले लगाएका छन ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.