पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पर्वत: विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका-१ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

पर्वतको मोदी गाउँपालिका-३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिनुभयो।

गाउँमा चार दिनदेखि विद्युत् अवरुद्ध रहेको थियो। विद्युत् अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत् प्रर्वाह गरिदिएका कारण केसीको मृत्यु भएको हो।

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापर्बाही भएको आरोप मृतकका आफन्तले लगाएका छन। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.