वडाको पहिलो बैठक : मदिरा निषेध गर्ने निर्णय
बझाङ : मदिराको व्यापक विक्री विरण र सेवनले जिल्लामा कलह झगडा साथै महिला हिंसाको घटना वृद्धि भई रहेका बेला नव र्निवाचित जन प्रतिनिधिले आफ्नो वडालाई मदिरा निशेध गर्ने र्निणय गरेका छन्। जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा मदिरा निषेध गर्ने निर्णय गरेका हुन्। मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटना भएर समाज बिग्रेको हुदाँ समाज सुधारका लागि यस्तो र्निणय गरेको उनीहरुले बताएका छन्।
शुक्रबार कैलासका जनप्रतिनिधिले मदिरा निषेध गर्ने निर्णयको बोधार्थ वडामा सार्वजनिक गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी दिएको छ। मदिराका कारण गाउँलेमा झै–झगडा हुने र समाजमा विकृति छाउने जस्ता विभिन्न अपराधिक घटना व्यप्त रहेकाले शान्ति सद्भाव र अमनचयनका लागि मदिरा निषेध गर्ने निर्णय गरेको जयपृथ्वी नगरपालिका १ कैलासका नव र्निवाचित वडा अध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो। उनले भने यस अगाडि पनि यहाँका महिला संञ्जाल र समूहले मदिरा निशेष गर्ने पहल गरेका रहेछन्।
जनताका र्निवाचित जनप्रतिनिधिले यसरी पहिलो बैठकमा यस्तो कडा र्निणय गरेपछि यहाँका महिला विद्यार्थी बालवालिकाहरुले स्वागत गरेका छन्। वडा समितिले यस्तो र्निणय गरेपछि यहाँ मदिराको लाइसेन्स लिएका व्यापारीले आज नै मदिरा पसल बन्द गर्नुका साथै घरेलु रक्सी पनि बन्द गरेको स्थानीय शुरत सिंहले बताए। कैलाशमा यस अगाडि पनि महिला सेवन गरेर महिलाको जबरजस्तीकरणी, बलत्कार र महिला कुटपिट गर्ने जस्ता घटना भएका थिए।