नील आर्मस्ट्रङको ब्याग ११ करोडमा लिलामी
एजेन्सी: चन्द्रमामा पहिलो पटक पुग्ने अन्तरीक्ष यात्री नील आर्मस्ट्रङको ब्याग ११ करोड ५८ लाखमा लिलामी भएको छ। उक्त ब्याग नीलले चन्द्रमामा जाने क्रममा बोकेका थिए।
उनले ऐतिहासिक एपोलो ११ अन्तरीक्ष मिसनको दौरानमा यो ब्यागको उपयोग गरेका थिए। एपोलो ११ मिसनको ४८ औ एनिभर्सी मनाउने मौकामा आयोजित कार्यक्रममा नीलको ब्याग अज्ञात व्यक्तिले १८ लाख अमेरिकी डलरमा किनेका हुन्।
नीलले यही ब्यागमा चन्द्रमाबाट माटो भरेर पृथ्वीमा ल्याएका थिए। लीलामीकर्ताले भनेका छन्, 'यो ब्याग धेरै वर्षदेखि हस्टनकोऊ जोनसन अन्तरीक्ष डिब्बामा बन्द रहेको थियो। तर मलाई यही किन्ने इच्छा जाग्यो।' लीलामी गर्ने व्यक्तिले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गरेका छन्।