२७ लाखको राजस्व छली गरेको समान बरामद
बर्दिबास : मोटरसाइकलको सिटमुनी लाखौं मूल्यको अवैध सुनका बाला लुकाएर लैजाँदै गर्दा महोत्तरी प्रहरीले बलबा गाउँपालिका २ जना सर्लाहीका युवालाई पक्राउ गरेको छ ।
झन्डै पौने पाँच लाख बराबरको सुनको बालासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएपी दीपक पोखरेलले बताउनुभयो । यो संगै लुकाई छिपाई नेपाल भित्र्याउन खोजेको २७ लाख २३ हजार एक सय ५८ रुपैयाँ मूल्य बराबरको सामान तीन महिनाको अवधिमा बरामदमा प्रहरीले बरामद गरेको छ ।
सर्लाही हरिपुर्वा ५ बस्ने २० वर्षीयकुमार साह र २३ वर्षीय इन्द्रजीत यादवलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । धनुषाबाट महोत्तरीको लोहारपटी भएर इटहर्वाकटी हुँदै भारत तर्फ अवैध निकासी गर्न लागेको चार लाख ६२ हजार ९ सय ६२ रुपैयाँ मूल्य बराबरको सुनको २ थान बालासहित उनीहरु पक्राउ परेका हुन्।
स ६ प ४२६ नम्बरको मोटरसाइकल चढेर जाँदै गरेको उनीहरुमाथि शंका लाग्दा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई राखेको उक्त शंकास्पद सुन बरामद भएको थियो ।
सीमा नजिकैको गाउँबाट भन्सार छली गर्दै ल्याएका किराना सामान, लताकपडा, सुन चाँदी , कष्मेटिक आइटम जस्ता सामान प्रहरीले बरामद गरेको हो । सर समानसहित पक्राउ गरेकालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान मध्ये क्षेत्रीय कार्यालय पथलैया पठाइएको प्रहरी श्रोतले जनाएको छ । तस्करीलाई नियन्त्रण गर्न विशेष गस्ती टोली परिचालित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताउनुभयो ।
महोत्तरीको मटिहानी, भिठामोड, चक्नी, नैन्ही, इटर्हावाकटी, रघुनाथपुर, सम्सीलगायतका नाकाबाट तस्करीका सरसमानहरु भित्रिने गरेका छन्।