दुगडको नेपालगञ्ज गोदाममा भिषण आगलागी

दुगडको   नेपालगञ्ज गोदाममा भिषण आगलागी

नेपालगन्ज : प्रविधियुक्त दमकल नहुँदा नेपालगन्ज-१८, भुजईगाउँ स्थित केएल दुगड गु्रपको खाद्यान्न गोदाम जलेर ध्वस्त भएको छ। शनिबार अपरान्ह भएको भिषण आगलागिबाट दुगडको गोदाममा रहेको करोडौंको खाद्यान्न नष्ट भएको छ। अपरान्ह ४ बजेर १० बजे लागेको आगो साँझ सात बजे मात्रै नियन्त्रणमा आएको छ।

तीन घण्टासम्म भिषण आगलागी हुँदा गोदाममा रहेको दाल, चामल, तेल लगायत ठूलो परिणाममा खाद्यान्न नष्ट भएको दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेडले जानकारी दिनुभयो।

ठूलो परिणाममा खाद्यान्न जलेर नष्ट भएकाले करोडौंको क्षति भएको अनुमान गरिएको छ। प्रविधियुक्त दमकल समयमा नआइदिँदा क्षति ठूलो भएको उहाँले बताउनु भयो।

नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाबाट आएका २ वटा दमकल नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन हुँदा समेत आगो नियन्त्रणमा आउन सकेन।

आगलागी भएको साढे २ घण्टापछि करिब ३ किलोमिटर टाढा रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जबाट आएको दमकलले मात्रै आगो नियन्त्रणमा ल्याउन सफल भयो।

नागरिक उड्डयन कार्यालयको दमकल ल्याउन समेत धेरै मोलमोलाई गर्नुपरेको थियो। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ विदामा रहेको कारण सहायक प्रजिअले माग्दा प्राधिकरणले दमकल उपलब्ध गराउन अस्वीकार गरेको थियो।

पछि प्रमुख जिल्ला अधिकारी पन्थ मार्फत नै माग गर्न लगाएपछि मात्रै प्राधिकरणले दमकल पठाउँदा दमकल आउन ढिलो भएको थियो। बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी, सेना, शसस्त्र सेना, दमकलको ठूलो प्रयासबाट आगो नियन्त्रणमा आएको बताउनु भयो।

उहाँले आगलागिबाट ठूलो क्षति भएको बताउनु भयो। आगो नियन्त्रण गर्न ईस्काभेटरको समेत प्रयोग गर्नुपरेको थियो। आगो नियनत्रण गर्ने क्रममा खाद्यान्न गोदामका भवनहरुसमेत भत्काउन एक्साभेटर समेतको प्रयोग गरिहेको थियो। प्रहरी उपरीक्षक राईले आगलागिको कारण नखुलेपनि विद्युत सर्टका कारण भएको अनुमान गरिएको बताउन भयो।

यस अघि पनि नेपालगन्जमा भिषण आगलागिका घटनाहरु भएका छन्। एक महिना अगाडि नेपालगन्जको धम्बोझी चोक नजिकको फर्निचरको गोदाममा आगलागि भएको थियो। त्यसैगरी त्यो भन्दा एक महिना अगाडि औद्योगिक क्षेत्र भित्र रहेको शिखरग्रुपको उद्योगमा आगलागि भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.