हवल्दारको तलबले प्रहरी पोस्ट स्थापना
काठमाडौं: उत्तरी उपत्यकाको साँखुमा रहेको बज्रयोगीनी मन्दिरमा हलव्दारको तलबले प्रहरी पोस्ट निर्माण गरिएको छ। स्थानीय निकायको सेवा र सुरक्षाका लागि भन्दै प्रहरी हवल्दार नवराज खड्काले आफ्नो नीजी र तलबको पैसाले प्रहरी पोस्टको स्थापना गर्नुभएको हो।
महानगरीय प्रहरी वृतका निम्मित्त प्रमुख बम बहादुर भण्डारीले पोस्ट्को उद्घाटन गर्दै नागरिकको सुरक्षामा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा वडा अध्यक्ष हितमान तामाङले बज्रयोगीनीको मन्दिर स्थानीय निकायको सहयोगमा पुरानै प्यागोडा शैलीमा बनाइने बताउनुभयो।उहाँले मन्दिर निर्माणमा सबैको साथ सहयोग र समर्थनको खाँचो रहेको भन्दै समाजलाई सुरक्षित र जिम्मेवार बनाउन अगुवाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो।
यस्तै प्रहरीहरुलाई बस्ने ठाउँ अभावका कारण प्रहरीको बस्ने ठाउँ बनाउन आफैद्ये नैतिक र भौतिक सहयोग गर्ने प्रहरी हवल्दार नवराज खड्काले बताउनुभयो। सुरक्षा पोस्ट बनाउन करीब १२ लाख रुपैँया खर्च लागेको इन्सपेक्टर वसन्त आचार्यले जानकारी दिनुभयो।